ज्ञानपुुञ्जमा खेल सप्ताह शुरु क्रिकेटर गौचनले गरे उद्घाटन

प्रकाशित मिति:

बुटवल/ चर्चित राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले खेलकुदको क्षेत्रबाट पनि नेपालको नाम विश्वमाझ उचो बनाउन सकिने बताएका छन् । खेलकुदलाई व्यवसायिक बनाउने हो भने यसमा थुप्रै रोजगारी पनि सिर्जना हुने र अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपालको नाम विश्वभर फैलाउंदै पर्यटक भित्राउन सकिने बताए । रुपन्देहीको बुटवल–११, नहरपुरमा रहेको ज्ञानपुञ्ज ईङ्गलिश बोर्डिङ्ग स्कूलमा सञ्चालित खेल सप्ताहको उद्घाटन गर्दै क्रिकेटर गौचनले सरकार र नीजि क्षेत्रले विद्यालय तहबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्ने सुझाव दिए । सो अवसरमा विद्यालयका संयोजकसूर्य पाण्डेले शैक्षिक क्रियाकलापसँगै विद्यार्थीमा अन्तरनिहीत खेल प्रतिभा प्रष्फुटन र स्वास्थ्यका लागि हरेक वर्ष खेलकूद सप्ताह सञ्चालन गरिने बताए ।

संस्थापक प्राचार्य तोयराम पौडेलले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकूद पनि महत्वपूर्ण हुने बताए । मन्टेश्वरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरु सम्मिलित खेलसप्ताहमा सिनियर र जुनियर गरी दुई विधाबाट प्रतियोगिताका गराइने अतिरिक्त क्रियाकलाप प्रमुख हरि भट्टराईले बताए । ५० भन्दा बढी खेल प्रतियोगिता समावेश गरिएको खेल सप्ताहको १५ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको विद्यालयका संयोजक पाण्डेले बताए । खेल सप्ताह अन्तर्गत कबड्डी, हाईजम्प, लङ्जम्प र कक्षा १ देखि ५ सम्म मार्वल कलेक्सन, स्पुन रेस, स्विट्स रेस लगाएतका खेलहरु सम्पन्न भएका छन् ।