तिलोत्तमा मेलामा सातै प्रदेशका पर्यटकीयस्थलको फोटो

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा/-‘तिलोत्तमामा लगानी : समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा जारी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा सातै प्रदेशका पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलको फोटो प्रदर्शनी गरिएको छ । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष र प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षलाई टेवा पु¥याउने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । मेलास्थलमा छुट्टै स्टल राखेर प्रदेश ५ सहित सातै प्रदेशकका प्रमुख पर्यटकीय र धार्मिक तथा ऐतिहासिक स्थलका सय बढी फोटो प्रदर्शनी गरिएको पर्यटन तथा कृषि प्रवद्र्धन उपसमिति संयोजक राजकुमार पाण्डेले बताए । स्टलमा सबै पर्यटकीय तथा धार्मिक स्थलसम्म पुग्ने दुरी समेत उल्लेख गरिएको र फोटो अवलोकनका लागि निःशुल्क व्यवस्था गरिएको संयोजक पाण्डेले बताए ।

मेला अवलोकन गर्न आउने दर्शकले देशका महत्वपूर्ण पर्यटकीय स्थलका बारेमा र त्यहां पुग्ने दुरी समेत जानकारी पाउन् र पर्यटन प्रवद्र्धन् होस् भन्ने उद्देश्यले सातै प्रदेशका पर्यटकीय स्थलका फोटो प्रदर्शनी गरिएको मेला आयोजक मूल समिति संयोजक माधव भण्डारीले बताए । फोटो प्रदर्शनी स्टलसंगै राखिएको कृषि संग्रहालय (बुढो घर) मा पनि दर्शकको आकर्षण रहेको छ । मेलामा आउने नयां पिंढीले परम्परागत कृषि सामग्री देख्न र जानकारी लिन पाएका छन् । मेलामा सोमबार पनि विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । जिल्लास्तरीय स्कूल कलेज फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा शान्ति नमूना मावि मणिग्राम विजयी भएको छ । शान्ति नमूनाले अक्सफोर्ड बोर्डिङ स्कूल बुटवललाई ३ काा विरुद्ध सात गोल गर्दै विजयी भएको हो । प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेल एचिभर्स कलेज बुटवल र लुम्बिनी वाणिज्य क्याम्पस तथा दोस्रो खेल सगरमाथा मावि देवदह र लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीबीच हुने प्रतियोगिता संयोजक अमनमान श्रेष्ठले बताए । सांस्कृतिक कार्यक्रम तर्फ तिलोत्तमा लोक तारा र तिलोत्तमा डान्स आइडल प्रतियोगता सम्पन्न भएका छन् । सोमबार नै बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष महेशमान सिंह,कोषाध्यक्ष विमलराज भट्टराई,सदस्य मुक्ति अधिकारी लगायतको टोलीले मेलाको अवलोकन गरेको छ । उनीहरुलाई मेला आयोजकले स्वागत गरेका थिए । मंगलबार सांस्कृतिक कार्यक्रम अन्तर्गत गायक अमृत सापकोटा,टिका सानु,दीपु मगर र विधान कार्कीको प्रस्तुति संगै जोडी नृत्य प्रतियोगिता पनि रहने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले बताए । स्वदेशी र विदेशी गरी तीन सय स्टल रहेको मेला माघ २१ गतेसम्म चल्ने छ । सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन गर्न शुरु भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया