सकियो सन्त्रास २ को छायांकन ,सन्त्रासको पहिलो सिरिज प्रदर्शनको तयारीमा

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – डि एस अप टु डेट मल्टिमिडिया प्रा लि को ब्यानरमा निर्माण भएकोलघु चलचित्र सन्त्रास २ को छायांकन सम्पन्न भएको छ । छायांकन सम्पन्न गरेसंगै निर्माण युनिटले पोस्टर पनि सार्बजनिक गरेको छ । पछिल्लो समयमा युवा पुस्तामा बढ्दै गैरहेको विकृत मानसिकताको बारेमा कथाको माध्यमबाट देखाउन खोजिएको निर्देशक प्रेम कार्कीले जनाए । उक्त लघु चलचित्र सन्त्रास २ लाई लक्ष्मण कालिराजले निर्माण गरेका हुन् । उक्त लघु चलचित्रमा लक्ष्मण कालिराज ,भुवन खड्का ,प्रिती बिश्वकर्मा ,मनिषा सुनार , प्रेम कार्कीको मुख्य भूमिका रहेको छ ।

चलचित्रको कथालाई सुदन गौतम”सिड “ले  लेखेका हुन् भने छायांकन यस क्षेत्रका चर्चित निर्देशक दिपक परियारले गरेका हुन् भने निर्देशन प्रेम कार्कीले गरेका छन । यसको अघिल्लो सिरिज स्नात्रास केहि दिनमै युटुबमा सार्बजनिक गर्ने तयारीमा रहेको निर्देशक दिपक परियारले बताए ।