श्रद्धान्जली सभा सम्पन्न

प्रकाशित मिति:

नेपाली कांग्रेसका देवदह नगरपालिका वडा नं. १० ले देवदह नगरपालिका वडा नं.१० वडा सदस्य रेनुका आलेकी ममतामयी आमा भिमीसरा राना तथा सोही वडाका नेपाली काँग्रेसका गज सिं आलेको श्रद्धाञ्जली सभा गरेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले चरङ्गेको बस्ती बसाल्न र समाजको लागि स्व भिमीसरा रानाको परिवारको महत्वपूर्ण योगदान रहेको बताउनु भएको थियो ।
छुट्टा छुट्टै कार्यक्रममा नेपाली काँग्रस क्षेत्रिय सभापति तथा देवदह नगरपालिकाका प्रमुुख हिरा बहादुर खत्रीले वहाँहरुको निधनले नेपाली काँग्रेसमा ठुलो क्षति भएको र दिवगंत आत्माको चिर शान्तिको लागि इश्वरले शक्ति प्रदान गरुन भन्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता हरि न्यौपाने, नेपाली काँग्रस क्षेत्रिय सदस्य मिना पौडेल लगायतले मन्तब्य राख्नुु भएको थियो । कार्यक्रमको संचालन नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी तथा देवदह नगरपालिका वडा नं.१०का वडा अध्यक्ष यक बहादुर सुनार र वडा सदस्य अमर लामिछानेले संचालन गर्नुभएको थियो ।