रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘चमत्कारी’ ‘ड्रागनफल

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


ड्रागनफल परिचय – दक्षिण र मध्य अमेरिकामा उत्पत्ति भएको क्याक्टस (Cactus) प्रजातिको, झट्ट हेर्दा बोट सिउँडीको जस्तै देखिने बहुउपयोगी वनस्पतिको नाम हो ड्रागनफल । यसलाई पिताया (Pitaya) र पितानाया (Pitanaya) पनि भनिन्छ । नेपालमा यसलाई ड्रागनफल, सिउँडी फल र कतै कतै सिम्थीफल पनि भन्ने गरिएको पाइन्छ । यसको वैज्ञानिक नाम हाइलोसेरियस अनडाइटस (Hylocereus undatus) हो भने यसको फ्यामिली नाम क्याक्टेसी (Cactacace) हो ।मानव शरीरलाई चाहिने सम्पूर्ण तत्त्व एवं धेरै खाले औषधीय गुण यसमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले यस फललाई सुपर फूड (Super Food) पनि भन्ने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने भएकाले यसलाई शक्तिको पावर हाउस (Power house of energy) पनि भनिन्छ, यसमा धेरै किसिमका औषधीय तत्त्व पाइने भएकाले यसलाई औषधीय फल (Medicinal Fruit) पनि भनिन्छ ।नेपालमा पनि यसको व्यावसायिक खेती र उपयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ।

ड्रागनफल खानका फाइदाहरु – राम्ररी पाकेको १०० ग्राम ड्रागनफलमा पाइने तत्त्वहरु निम्नानुसार छन्ः

मोइश्चर÷पानीको मात्रा – ८५.३ प्रतिशत, इनर्जी÷क्यालोरी– ६७.७ प्रतिशत, प्रोटिन – १.१ प्रतिशत,

फ्याट/चिल्लोपन – ०.५७ प्रतिशत, कार्बोहाइड्रेड– ११.२ प्रतिशत, फाइबर – १.३४ प्रतिशत,

एस्कोरबल एसिड/भिटामिन सी –२०.२२ मी. ग्राम, क्याल्सियम – १०.२ मी. ग्राम,

फसफोरस – २७.५ मी. ग्राम, सोडियम – ८.० मी. ग्राम, म्याग्नेसियम – ३८.० मी. ग्राम,

पोटासियम – २७.२ मी. ग्राम, आइरन – ३.३७ मी. ग्राम, जीन – ०.३५ मी. ग्राम, सर्बिटोल –३२.७ मी. ग्राम,

ड्रागनफलका १० फाइदाहरु

१. शरीरमा चिनीको मात्रालाई नियन्त्रित राख्छ

२. प्रतिरक्षा प्रणाली बलियो बनाइदिन्छ

३. मुटुको लागि अत्यन्त्यै फाइदाजनक

४. मोटोपन घटाउन सहयोगी

५. प्रशस्त मात्रामा फाइबर हुने भएकोले पाचनप्रणालीका लागि फाइदाजनक

६. शरीरका विकास र हानिकारक धातुहरु निश्कासनमा सहयोगी

७. प्रोस्टेट क्यान्सको खतरालाई कम गर्ने

८. मानसिक क्षमता अभिबृद्धि गर्ने

९. बुढापापनको गतिलाई सुस्त तुल्याइदिने

१०. हड्डी र दाँतलाई बलियो बनाउन सहयोगी

स्रोतः सोङ नाम आइटीडी कम्पनी लि.,भियतनाम ड्रागनफल एन्टीअक्सिडेन्टको एक प्रमुख स्रोत हो । यसमा एन्टीकारसिनोजन्स र लाइकोपिन प्रशस्त मात्रामा पाइने भएकाले धेरै किसिमका क्यान्सर लाग्नबाट बचाउँछ ।यसमा पानी प्रशस्त पाइने हुनाले पानी कम पिउने बानी भएका व्यक्तिहरूलाई यसको नियमित सेवनले शरीरमा पानीको मात्रा कम हुने र यसका कारणबाट उत्पन्न हुने विभिन्न किसिमका समस्याबाट बचाउँछ । फल मिठो र रसिलो हुनाले पानी पिउने अनुकूल नपर्दा शरीरमा पानीको मात्रा स्वतः पुग्दछ ।विश्वका प्रसिद्ध मानिएका झन्डै एक दर्जन फलफूलहरूमा पाइने तत्त्वहरु ड्रागनको एउटै फलबाट प्राप्त हुन्छ ।

यसका बिउमा ओमेगा ३ यस (Omega 3S) र ओमेगा ६ यस (Omega 6S) अनि यसका गुदीमा भिटामिन सी प्रशस्त पाइने हुनाले छालासम्बन्धी रोग लाग्न नदिने काम यसले गर्छ । साथसाथै, यसले छालालाई मुलायम र चम्किलो बनाउँछ ।यसको नियमित सेवनले मधुमेह रोग लाग्न दिँदैन भने मधुमेहका रोगीलाई पनि फाइदा पुर्‍याउँदछ ।यसको फल डेंगु रोगीको लागि वरदान मानिन्छ ।यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले पाचनप्रणालीलाई चुस्तदुरुस्त बनाइ कब्जियत हुनबाट बचाउँदछ ।क्याल्सियम प्रशस्त पाइने भएकाले दाँत र हड्डीलाई बलियो बनाउँछ । खास गरी पाठेघर निकालेका र चालीस बर्ष माथिका महिलाहरुका लागि अत्यन्त उपयोगी मानिन्छ ।यसमा फोनोइन्ट्स भन्ने तत्त्व पाइने भएकाले मुटु सम्बन्धी रोग लाग्न दिँदैन भने मुटुका रोगीहरूलाई पनि अत्यन्त फाइदा गर्दछ ।

गर्भवती महिला,बालबच्चा,वयस्क,वृद्धकालागि यो फल शक्तिबर्द्धक,गुणकारी र उपयोगी सावित भएको छ ।अर्थराइटिस बिरामीका लागि यो फल अति उपयोगी साबित भएको छ ।यसको प्रयोग भएका सौन्दर्य प्रशाधनका सामग्री अत्यन्त उपयोगी मानिन्छन् र यसबाट कुनै किसिमका साइडएफेक्ट हुँदैन ।ड्रागनफल नियमित खानाले शरीरमा हुने विभिन्न किसिमका विषाक्त तत्त्वलाई कम गर्दछ ।यसको नियमित सेवनले अनावश्यक मोटोपनलाई घटाई शरीर स्लिम बनाउन मद्दत गर्दछ ।यसको बोटबाट रातीको समयमा प्रशस्त मात्रामा अक्सिन उत्सर्जन हुने भएकाले प्राकृतिक वातावरण र मानव स्वास्थ्यका लागि यसको बोट अत्यन्त उपयोगी मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया