अमेरिकी डलरको भाउ बढ्यो

प्रकाशित मिति:

ओमानी रियाल र कोरियन वनको भाउ बाहेक मंगलबार सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा थियो। यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ९४ पैसा रहेको छ । हिजो यसको खरिददर २९८ रुपैयाँ ६१ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ । हिजो ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ । सोमबार खरिददर २८ रुपैयाँ र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा तोकेको थियो । कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७२ पैसा थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९९ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४८ पैसा रहेको थियो ।