कोटिहोम महायज्ञका प्रमुख बाचक बालयोगेश्वर (बिजय भण्डारी) फरार,आयोजकले खोजे नयाँँ गुरु !

प्रकाशित मिति:

बुटवल – चितवनको नारायणी नदि किनारमा जारी कोटिहोम महायज्ञका प्रमुख बाचक बालयोगेश्वर उर्फ विजय भण्डारी फरार भएका छन । आफ्नो ठगी धन्दा बारेको समाचार बाहिरिन थालेपछी महायज्ञका प्रमुख वाचक बालयोगेश्वर फरार भएका हुन । उनि ठग हुन भन्ने समाचार सार्वजनिक भएपछि महायज्ञ नै विवादमा परेको थियोे ।

प्रमुख वाचक रहेका स्वामी बालयोगेश्वरलाइ महायज्ञ आयोजक संस्थाले नै प्रवचनमा रोक लगाएपछि उनि फरार भएको बुझिएको छ । आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेले लुकाउँदै आएको फेला परेको सञ्चारमाध्यममा यतिबेला चर्चा चलिरहेको छ । महायज्ञ आयोजकले भोलि नै नयाँ गुरु ल्याई कार्यक्रमलाई निरन्तरता दिने तयारी थालेको छ ।

आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको सकृयतामा नारायणी नदी किनारामा ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ गरिएको हो ।