हेर्नुहोस् , सुनचाँदीको मुल्य ?

प्रकाशित मिति:

काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजैको भाउ अर्थात् छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छ । बरु आइतबार भने प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि आज प्रतितोला ७५ हजार ७ सय रुपैयाँ नै कायम छ । हिजो सोमबार पनि यही मूल्य कायम थियो । अस्ति आइतबार भने तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । सोमबार तोलाको ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घट्दै ८ सय ९५ रुपैयाँ कायम भएको महासंघले छ ।