निःशुल्क शिक्षा प्रदान गर्दै धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस

प्रकाशित मिति:

मनु सुनार/गुल्मी – पछिल्लो समय शिक्षा महङ्गो र व्यावसायीक बनिरहेको पाइन्छ। जसका कारण सामान्य आर्थिकस्तर भएका परिवारका बिद्यार्थीले माथिल्लो तहसम्मको अध्ययन् गर्न सकिरहेका हुँदैन्। माथिल्लो तहको शिक्षाका लागि महङ्गो मासिक शुल्क तिर्नुपर्ने हुन्छ। कतिपय अभिभावकहरुमा ग्रामिण क्षेत्रमा सञ्चालन भएका शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षा प्रदान् हुँदैन्,भन्ने धारणाको विकास भईरहेको पाइन्छ।

ग्रामिण क्षेत्रका अभिभावकहरुले गुणस्तरीय शिक्षाका लागि भन्दै आफ्ना छोराछोरीहरुलाई शहरतर्फ केन्द्रित गरिरहेका हुन्छन्। जनतन एस.इंई तहसम्मको अध्ययन् गाउँमै गरेपनि त्यसमाथिको अध्ययनका लागि बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागि भन्दै शहरतर्फ धकेलेको देखिन्छ।

यस्तो अवस्थामा ग्रामिण क्षेत्रमै निःशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको आवश्यकता देखिन्छ। यसलाई महशुस गदै गुल्मीमै पहिलो पटक ग्रामिण क्षेत्रमा सञ्चालन भएको जिल्लाको एक क्याम्पसले निःशुल्क शिक्षा प्रदान गरीरहेको छ।

जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसले निःशुल्क शिक्षा प्रदान गरीरहेको हो। त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त यस क्याम्पसले शैक्षिक शत्र २०७६ देखि स्नातकतहमा अध्ययन् गर्ने बिद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गरीरहेको छ।

त्यस क्याम्पसमा स्नातकतहमा अध्ययन् गर्ने बिद्यार्थीले त्रिभुवन विश्वविद्यालयले तोकेको रजिस्ट्रेशन शुल्क बाहेक अब अन्य शुल्क तिर्नुपदैन्। क्याम्पसमै आधारभूत तहको कम्प्युटर सिक्न चाहने बिद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिरहेको छ।
त्यस क्याम्पसमा अध्ययनरत् रही लोकसेवा आयोग जस्ता परिक्षाको तयारीका लागि जुट्ने बिद्यार्थीका लागि पनि आवश्यक पर्ने सम्पुर्ण पुस्तक तथा सहायता सामाग्री निःशुल्क व्यवस्था गरिएकोे छ।

भब्यताका साथ सम्पन्न भयो ११ औँ वार्षिकोत्सव – त्यस क्षेत्रकै शैक्षिक धरोहरका रुपमा स्थापित धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसले भव्यताका साथ ११ औँ वार्षिकोत्सव तथा दशौँ क्याम्पस सभा सम्पन्न गरेको छ। जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीले सम्बोधन गर्दै क्याम्पसबाट प्रदान गरिने शिक्षालाइ गुणस्तरीय बनाउन सुझाब दिनुभयो।

जिल्लाकै अगुवा गाउँपालिकाको रुपमा विकास भइरहेको धुर्कोट गाउँपालिकाले शिक्षालाई बिशेष प्राथमिकता दिइरहेको बताउनुभयो। प्रमुख अतिथि समेत रहनुभएका पारजुलीले ग्रामिण क्षेत्रको उत्थानका लागि क्याम्पसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो।

 

जिल्ला समनव्य समिति प्रमुख लक्ष्मण पराजुली

त्यस क्याम्पसको पूर्व बिद्यार्थी रहेको स्मरण गर्दै पराजुलिले शिक्षा क्षेत्र बिग्रिए समग्र क्षेत्र बिग्रने भएकाले यसको गुणस्तरमा कायम राख्न जोड दिनुभयो। ग्रामिण क्षेत्रमा सञ्चालन भएको क्याम्पसलाई छिमेकी नगरपालिका तथा गाउँपालिकाले पनि सहयोग गनुपर्ने बताउनुभयो।त्यस कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिव वीर बहादुर कार्की र नेपाली कंग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले क्याम्पसको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो।

कार्यक्रमलाई रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, उप–प्रमुख सीता भण्डारी, इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, मदाने गाउँपालिका अध्यक्ष दान बहादुर के.सी, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल लगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाहरुका उप–प्रमुखहरु, वडाअध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि जनप्रतिनिधि लगायतको उल्लेखीय सहभागीता रहेको थियो।

क्याम्पसलाई चौरासी पुजाँको अवशरमा आर्थिक सहयोग प्रदान – क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका कृष्ण प्रसाद भण्डारी, भुवन प्रसाद भण्डारी र दयानिधि भण्डारीले आमा पार्वतीदेवी भण्डारीको ८४ पुजाँको अवशरमा क्याम्पसलाई रु १५ लाख हस्तान्तरण गर्नुभएको थियो।

क्याम्पस सञ्चालक समिति अध्यक्ष भण्डारी भन्नुहुन्छ ‘गरिब भए भन्दैमा कोही शिक्षा लिनबाट बञ्चित हुनु पर्दैन्’
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले आर्थिक अवस्था कमजोरका कारण कोही पनि शिक्षा पाउनबाट बञ्चित हुनु नपर्ने बताउनुभयो। त्यस क्याम्पसले आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरुलाई केन्द्रित गरी स्नातकतहमा निःशुल्क शिक्षाको व्यवस्था मिलाईएको बताउनुभयो।

 

क्याम्पस सञ्चालक समिति अध्यक्षः कृष्ण प्रसाद भण्डारी

‘आर्थिक अवस्था कमजोर भए भर्ना शुल्क पनि लिदैनौँ। गरिबिकै कारण स्नातक पढ्ने चाहना भएका बिद्यार्थीहरुलाई गाउँमै आवासको व्यवस्था मिलाएका छौँ। अध्यक्ष भण्डारीले भन्नुभयो ‘गाउँमा ठुलो रकम खर्चिएर क्याम्पस त खोलिए तर बिद्यार्थी भने शहरतरि झर्न थाले । जनतन माध्यामिक तहसम्म अध्ययन् गरे पनि त्यसमाथि पढ्न शहर नै झर्छन्।’ यसलाई रोक्नका लागि पनि ग्रामिण स्तरबाटै स्नातक तहमै निःशुल्क शिक्षा प्रदान भइरहेको बताउनुभयो।

क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीले प्रस्तुत प्रतिबेदन-  क्याम्पसको वार्षिकोत्सवका अवशरमा प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीले लोक सेवा आयोग, शिक्षा सेवा आयोग तथा अन्य आयोग तथा परिक्षामा प्रतिस्पर्धा गर्न चाहने बिद्यार्थीहरुका लागि उनीहरुको मागअनुसारका निःशुल्क पाठ्यपुस्तक र निःशुल्क सहजिकरणको व्यवस्था मिलाईएको बताउनुभयो।

‘टाढाबाट आउने बिदार्थीहरुलाई बस्नका लागि निःशुल्क कोठाको व्यवस्था छ।’ उहाँले भन्नुभयो ‘गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ।’ त्यतिमात्र होइन त्यस क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण समेत गराईएको छ। बिद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि बाग्लुङ्ग, पर्वत, म्याग्दी हुँदै मुस्ताङ लगायतका स्थानमा बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराईएको भण्डारीले जानकारी दिनुभयो।

 

क्याम्पस प्रमुखः कृष्ण प्रसाद भण्डारी

क्याम्पसलाई विभिन्न संघसंस्था तथा कार्यालयले सहयोग समेत प्रदान गरेको उल्लेख गरिएको छ। त्यस क्याम्पसमा अहिले १ सय ३० जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन्। यो वर्ष प्रथम वर्षमा ८६ जना विद्यार्थी भर्ना भएका प्रतिवेदनमा उल्लेख छ। क्याम्पसमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको पनि प्रतिवेदनमा बताईएको छ। त्यस क्याम्पसमा १३ जना आंशिक करार उप–प्राध्यापक, १ लेखापाल र १ जना कार्यालय सहयोगी गरी १५ जना कार्यरत रहेका छन्। त्यस अवशरमा कोषाध्यक्ष युवराज पाण्डेले आ.व.२०७५÷७६ को रु २ करोड २४ लाख ५७ हजार ७ सय ३ रुपैँया ४६ पैसा बराबरको क्याम्पसको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष युवारज भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उप–प्रध्यापक ऋषिराम पाण्डेले गर्नुभएको थियो।

क्याम्पसको स्थापना – वि.सं. १९८१ सालमा स्थापित यस क्षेत्रकै अग्रणी गुल्मीको दोस्रो पुर्ण सरकारी भाषा पाठशाला बस्तु हटिया, वि. सं. २०१५ सालमा स्थापीत सरकारी मिडिल स्कुल २०१९ सालमा हाइस्कुल, २०४९ सालमा गुल्मी कै पहिलो उच्च मावि हुदै आउदा यसैको जगमा यसका उपलब्धी एबं विकासकै परिणाम स्वरुप धुर्कोट गाउँपालिकाको उच्च शिक्षाको धरोहरको रुपमा यस क्याम्पसको स्थापना भएको हो । वि.स.२०६५ सालमा स्थापित त्यस क्याम्पसले महत्वपूर्ण शैक्षिक उपलब्धी हासिल गरेको छ।

क्याम्पस स्थापनाका लागि तत्कालीन जिल्ला उपसभापति प्रमानन्द भण्डारी, पुर्व सांसद रुद्रमणी शर्मा भण्डारी,पुर्व सांसद टंक पोखरेल, तत्कालिन नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष टोमलाल पाण्डे र ढुण्डिराज शर्मा भण्डारी लगायतका अगुवाहरुको महत्वपूर्ण भुमिका रहेको छ। स्वर्गिय प्रमानन्द भण्डारी एक्लैले १० लाख रुपैयाँ चन्दा दिनुभएको थियो । उहाँको मृत्यु पछि उहाँको छोरा कृष्णप्रसाद भण्डारीलाई क्याम्पस चलाउने जिम्मेवारी दिईएको थियो। उहाँले बाबुको धुर्कोट सहित बाबुको नामबाट क्याम्पस सञ्चालन गर्ने गरि ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो।

स्वर्गिय रुद्रमणी शर्मा भण्डारीकी श्रीमती डाक्टर नातीमैया शर्मा मानन्धर भण्डारीले काठमाण्डौबाट वस्तुस्थित गाउँमा आएर स्थापना काल देखि साढे तिन बर्ष सम्म निशुल्क पढाउनुका साथै क्याम्पस प्रमुखका रुपमा प्रशासन समेत चलाएर समुदायलाई ठुलो योगदान पुराउनुभएको थियो।