टिपर चालकको लापर्वाही व्यवहार २० मिटर घिसारेर २० वर्षीय युवकको गरियो हत्या

प्रकाशित मिति:

वीरेन्द्रनगर – प्रदेश नम्बर ६ को मुटुमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । वीरेन्द्रनगरमा टिपरले किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरले किच्दा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

टिपरले सिंहलाई किचेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । वीरेन्द्रनगर–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार सिंहका आफन्तले अहिले यरिचोक र गौतम चोकमा टायर बालेर प्रदर्शन भइरहेको छ ।

प्रहरीले टिपर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । टिपर दुर्घटनासँगै २० वर्षको कलिलो उमेरमा लाखौं सपना तुहाएर सिंह यो संसारबाट विदा भएका छन् । आफन्तहरुले यो दुर्घटना नभई ह’त्या भएको आरोप लगाएका छन् । चालकको नाम अहिलेसम्म खुलाइएको छैन । पछिल्ला दिनहरुमा यस खालका घटनाहरु एकपछि अर्को गर्दै भइरहेका छन् ।