सहयात्री बचत तथा ऋण सहकारीको ११ औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

बुटवलमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । ८० लाख २७ हजार ८ सय शेयर पूँजी रहेको सहकारीले कर्जामा लगानीको काम समेत गर्दै आएको छ । ५ सय ७४ जना सदस्य सहकारीमा आबद्ध भएको साधारण सभामा जानकारी दिएको छ । सहकारीका अध्यक्ष हरि बहादुर बमरेलको अध्यक्षता , प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा प्रदेश सदस्य कमला विक, बुटवल वडा नं. ४ का कार्यबाहक अध्यक्ष सुरेन्द्र श्रेष्ठ, हस्त बहादुर हिताङ्ग लगायतले कार्यक्रममा बोल्नु भएको थियो । कार्यक्रममा एस ई ई मा उत्कृष्ट नम्बर ल्याउने १९ जना, ५ जना एकल महिला, अनुशासित बचतकर्ता, २ जना ज्येष्ठ सदस्यलाई समेत सम्मान गरिएको थियो ।