​माटोको ढिस्कोमा पुरीएर सासू बुहारीको मृत्यु

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – जुम्लामा माटोको ढिस्कोमा पुरिएर सासु र बुहारीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया सासू नाक्चे सुनार र बुहारी २४ वर्षीया स्यानुमाया सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले जानकारी दिए ।

यस्तै, सोही ठाउँमा माटो ल्याउनका लागि गएकी गुठीचौरु गाउँपालिका ५ की नवीना ऐडी चन्दननाथ नगरपालिका चारकै पन्चकन्या सुनार घाइते भएका छन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

मृतक दुवै जनाको शव भने कर्णाली स्वास्थ्य विज्ञानको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यस सम्बन्धि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया