सभामुख सापकोटालाई पूर्ण सहयोग रहन्छ– प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई आफ्नो तथा सरकारको तर्फबाट पूर्ण सहयोग रहेने बताएका छन् ।

नयाँ सभामुख निर्वाचित मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवनिर्वाचित सभामुख सापकोटालाई सभा सञ्चालनका लागि आफ्ना तर्फबाट पूर्ण सहयोग रहने बताएका हुन् ।

नवनिर्वाचित सभामुख सापकोटालाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यहाँले संविधानको रक्षा गर्न र संविधानको मर्मअनुसार बैठक सञ्चालन गर्नुहुने हाम्रो अपेक्षा छ, सभा सञ्चालका लागि पूर्ण सहयोग, सकारात्मक सहयोग रहने छ ।’