सशस्त्र प्रहरी बल कृष्णनगरले सिमा नाकामा बढायो निगरानी

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु – कपिलवस्तु जिल्लाको कृष्णनगरपालिका अन्र्तगत सशस्त्र प्रहरी बल कृष्णनगर ३९ नं. का गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले कृष्णनगर सिमा नाकाको निरिक्षण गरेका छन । हरी नायब उपरिक्षक शाही आफै कृष्णनगर सिमा नाकामा दौडिन थालेका छन ।

कृष्णनगरको पिलर नं ६८ / ६९ मा अपराध , तस्करी चोरी निकासी बढेकोले गर्दा नियन्त्रण सम्बन्धमा निरिक्षण गरेका हुन । पिलरको रेख देख गर्दै थप सशस्त्र प्रहरी राखेर निगरानी बढाउछु भन्दै कृष्णनगर सिमा नाकामा थप सशस्त्र जवान थपेका छन ।

सिमावर्ती नाकाबाट हुने अपराधी गतीबिधी र चोरी तस्करीको नियन्त्रणमा जोड दिदै सशस्त्र प्रहरी टोली सँगै सिमा नाका तिर दौडिन थालेका छन । कृष्णनगरको दासगाजा क्षेत्रको निरिक्षण गर्दै सो क्षेत्रका नाकाहरुमा चेक जांचमा चुस्ती देखाउने ससस्त्र प्रहरी जवानहरुलाई निर्देशन समेत दिएका छन ।

साथै तस्करी चोरी निकासी नियन्त्रण गरि कृष्णनगर भंसारमा राजस्व बढाउन भंसार कार्यालयको सहयोग गर्ने तथा थप सशस्त्र प्रहरी राखेर गस्ती बढाउन समेत बताएका छन ।