अमेरिकाको आलाबामा ३५ डुँगामा आगलागी, कम्तिमा ८ जनाको मृत्यु

प्रकाशित मिति:

वासिङ्टन डिसी- अमेरिकाको अलाबामामा ३५ वटा डुंगामा एकै चोटी आगो लाग्दा कम्तिमा ८ जनाको ज्यान गएको बीबीसीले बताएको छ ।
बिबिसीको समाचार अनुसार उक्त आगलागीमा परि ज्यान गुमाएका २ जनाको शव पानीबाट निकालिएको र अन्य ७ जना हराईरहेको बताइएको छ ।

अलाबामाको ज्याक्सन काउन्टी पार्कमा राखिएका डुँगामा आगलागी भएको थियो । सो क्षेत्रमा अधिकांश डुंगाहरु घरायाशी प्रयोजनमा राखिएका थिए । दुर्घटनापछि शरीरका केही भागहरु जलेर घाईते भएका ७ जनालाई जीवितै उद्दार गरेर अस्पताल लगिएको छ।