गोकर्णेश्वरमा भिषण आगलागी ठुलो क्षतिको आशंका

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित सर्लाही कपिलाठी नगरपालिका–९ घर भएका ३७ वर्षीय संजय साहको कवाडीको गोदाममा मंगलबार बिहान आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि, काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित छिरिङ शेर्पाको जस्ताको टहरामा तास खेलिरहेका तिब्बत घर भई हाल बौद्ध बस्ने ३७ वर्षीय नवाङ कुन्साङ समेत १० जनालाई नगद २ लाख ८१ हजार रुपैयाँ र ६ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका(३ बिशालनगरस्थित तपोबन होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका साहु ४९ वर्षीय डबल बहादुर मल्ल समेत ११ जनालाई नगद लाख ४७ हजार ५ सय रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया