स्व. गिरिजा प्रसाद कोइरालाको स्मृतिमा ५० जनाले गरे रक्तदान

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


चितवन – गिरिजा प्रसाद कोइराला फाउन्डेसन क्षेत्र नं ३ को आयोजनामा आज विहिवार पश्चिम चितवनको चनौली बजारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली कांग्रेसका पुर्व पार्टी सभापति ,पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७ महिला सहित ५० जनाले रक्तदान गरेका छन् ।

फाउन्डेसन क्षेत्र नं ३ का संयोजक गिता गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेस चितवनका जिल्ला सभापती जितनारायण श्रेष्ठज्युको प्रमुख र फाउन्डेसन चितवनका जिल्ला संयोजक कमल आचार्यको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथी श्रेष्ठले आफैले रक्तदान गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियोे । सो रक्तदान कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधीहरुले सहभागिता जनाएका थिए । रफाउन्डेसनको परोपकारको क्षेत्रमा कार्य गर्ने उदेश्य अनरुप जिल्लामा रगतको कमि हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक गुरुङले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया