पाल्पाकी पार्वतीको अष्ट्रियामा निधन

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


पाल्पा – पाल्पा रामपुरकी पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ । उनको क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष समेत भएकी थिइन् । २०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारीपाँच दाजुभाइ र ३ दिदीबहिनीमध्येकी एक हुन् ।काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा उनी परिवारसहित बस्दै आएकी थिइन् । श्री

मान् र दुई छोरा अनुपम र आयुष हाल अष्ट्रियामा नै बस्दै आएका छन् । अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ ।अष्ट्रियामा जर्मनी भाषामा उच्च शिक्षा हासिल गरेकी अधिकारीले वोकु विश्वविद्यालयमा वायो टेक्नोलोजीमा पनि स्नातकोत्तर गरेकी थिइन् ।

पाल्पाको तानसेनमा रहेको मुक्तिनाथ एफएममा पनि विज्ञान संसार कार्यक्रमको उत्पादक तथा प्रस्तोताको भूमिका निर्वाह गरेकी अधिकारीले अष्ट्रियाको सरकारी स्कुलमा नेपाली भाषा विषय सञ्चालनका लागि पहल गरी संस्थापक शिक्षिका समेत थिइन् मैले चिन्दा असाध्यै मेहनती, राजनीतिक परिपक्वता पाएको थिएँ,” त्यसबेलाका स्ववियू सचिव योगराज कँडेलले भने, “राजनीतिक परिवारबाट आएको हुनाले पनि उनमा त्यो स्वभाव थियो ।” उनी एक इमान्दार र क्षमतावान त थिइन् नै त्यतिमात्रै नभएर आफ्नो जिम्मेवारी टुंगोमा पुर्‍याएरै छाड्ने स्वभाव उनको रहेको कँडेल स्मरण गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया