समाज निर्माणका लागी आफ्नो जिवनमा सकारात्मक सोचौ : मन्त्री पौडेल

प्रकाशित मिति:

नवलपरासी/नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउ कमिटि पश्चिम नवलपरासीको आयोजनामा नेकपाका सदस्य निलकण्ठ भण्डारीका बुवा स्वर्गिय टेक नारायण भण्डारीको नवौँ दिनको पुण्य तिथिको अवसर पारि भण्डारीकै निवास सरावल १ नया टोलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा गाउ कमिटिका अध्यक्ष लिलाधर पाण्डेको अध्यक्षता तथा भुमि, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री आरति पौडेलको प्रमुख आतिथ्यता एवं प्रदेश नम्बर ५ की प्रदेश सभा सदस्य भगवती भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको शोक सभामा बोल्दै मन्त्री पौडेलले जन्म पछी मृत्यु ध्रुब सत्य भएको हुदा मानव जिवित रहदा सम्म असल समाज निर्माणका लागी आफ्नो जिवनमा सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताउदै स्वर्गिय भण्डारीले गर्न नसकेका अधुरा कामलाई परिवार र समाजले पुरा गरे मात्र उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

उक्त सभामा जेष्ट कम्य्निष्ट मञ्चका खिमलाल पोखरेल, नेकपाका सरावल ईन्चार्ज प्रल्हाद पासी, नेकपा सरावल सह ईन्चार्ज रामानन्द हरिजन, नेकपा जिल्ला किमिटी सदस्यहरु, गाउ कमिटिका पदाधिकारीहरु, सहकारीकर्मी लगाएत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेकपा गाउ कमिटिका अध्यक्ष लिलाधर पाण्डेले स्वर्गिय भण्डारीको जिवनी माथि प्रकाश पार्नुभएको थियो भने स्वर्गिय भण्डारीका छोरा निलकण्ठ भण्डारीले दुखद्को यस घडिमा परिवारजनलाई सहानभुती दिन आउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्नुभएको थियो ।