तिनाउ खेलकुद सप्ताहमा विभिन्न प्रतियोगिता

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल/बुुटवल ११, देविनगरस्थित तिनाउ बोर्डिङ स्कुुलले आयोजना गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रमको तेस्रो दिन विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् । विद्यालय प्राङगण र एन्फा टेक्निकल सेन्टरमा भएका प्रतियोगिताहरु मध्ये प्ले गुप्रको बेलुन ब्रष्टमा ट्रिटेन पुन, बल पूट ईन बास्केटमा ईभाना पन्थी र म्यूजीकल स्ट्याटुमा ट्रिटेन पुन, ( नर्सरी, एल.के.जी., यु.केजी) तर्फ बेलुन ब्रष्टमा छात्र तर्फबाट निरज बकुन्जे एल.के.जी स्टार र छात्रा तर्फबाट सिम्रन भट्टराई यू.के.जी रोज, बल पूट ईन बास्कोटमा छात्र तर्फबाट यू.के.जी सनका प्रन्जल ज्ञवाली, छात्रा तर्फबाट यू.के.जी मुनकी सेलीसा राना र म्यूजीकल स्ट्याटुमा छात्र तर्फबाट यू.के.जी स्टारका श्रिजन बिष्ट, छात्रा तर्फबाट यू.के.जी रोजकी सेलिना बस्नेत प्रथम भएका थिए ।

सब जुनियरको प्रतियोगिताहरु मध्ये ईन आउटमा छात्र तर्फबाट कक्षा ३ मुनकी आयूस ज्ञवाली,छात्रा तर्फबाट कक्षा २ स्टारकी अर्चना थापा, रनिंग रेसमा छात्र तर्फबाट कक्षा ३ सनका अनमोल सिंजाली, छात्रा तर्फबाट कक्षा ३ मुनकी ऐश्वर्या कार्कीे, ड्रइङ्ग कम्पीटेसनमा छात्र तर्फबाट कक्षा ३ स्टारदेखी शुभम चालीसे, छात्रा तर्फबाट कक्षा २ सनदेखी स्प्रसिद्ध बस्नेत र म्याथ मेटिकल रेसमा कक्षा १देखी जेनिसा थापा १ रोज, कक्षा २ देखी अञ्जीला श्रेष्ठ २ मुन र कक्षा ३ देखी प्रसिद्ध पैडेल ३ स्टार प्रथम भएका थिए । त्यसैगरी जुनियर तर्फकै प्रतियोगिताहरुमा स्पीकिङ्गमा छात्र तर्फ कक्षा ५ स्टारका आर्जु बि.के, छात्रा तर्फ कक्षा ५ मुनकी पुजा बेलबासे, ईन आउटमा छात्र तर्फबाट कक्षा ५ स्टारका प्रतिक श्रेष्ठ, छात्रा तर्फ कक्षा ४ सनकी रेजिना सुनार, बल ड्रिबलिङ्गमा छात्र तर्फबाट कक्षा ६ सनका आशिस सुनार, छात्रा तर्फबाट कक्षा ५ स्टारकी सुन्जा राना, नेपाली डिवेट कम्पीटेसनमा कक्षा ४ सनकी अन्जना ज्ञवाली, ईङ्गलिस डिवेट कम्पीटेसनमा कक्षा ५ मुनकी पुजा बेलवासे, क्वीज कम्पीटेसनमा अन्नपूर्ण सदन प्रथम भएका छन । सिनियरतर्फको प्रतियोगिताहरु मध्य टेवल टेनिसमा छात्र तर्फबाट कक्षा ९ सनका प्रविन रसालीे, छात्रा तर्फबाट कक्षा ८ सनकी कृषा भट्टराई, ईङ्गलिस डिवेट कम्पीटेसनमा कक्षा ८ स्टारकी वर्षा पैडेल, नेपाली डिवेट कम्पीटेसनमा कक्षा ८ स्टारकी नमीता थापा, चेस कम्पीटेसनमा छात्र तर्फबाट कक्षा ८ स्टारका सविन थापा, छात्रा तर्फबाट कक्षा ९ सनकि निरुता श्रेष्ठ, स्लो साईकल रेसमा ८ स्टारका सागर टन्डन प्रथम हुन सफल भएका छन् । त्यसै गरी भोली हुने खेलहरुमा भलीवल, क्वीज सिनियर, पिचर ब्लास्ट लगायत थुप्रै खेलहरु रहेको जानकारी बिद्यालयका सहप्रचार्य ईश्वरी प्रसाद पाण्डेले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया