ज्ञानोदयमा साँस्कृतिक नृत्य सिजन वान सम्पन्न

प्रकाशित मिति:

शपन कुमार एञ्जील

विद्यार्थीहरुमा कला सँस्कृति र अतिरिक्त क्रियाकलापको विकासका लागि बुटवल पुल्चोकमा रहेको ज्ञानोदय मा।वि।मा शुक्रबार एक भव्य कार्यक्रमका बीच खुल्ला साँस्कृतिक नृत्य प्रतियोगिता सिजन वान सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताबाट सिजन वानको विजेता एलिसा गुरुङ भएकि छिन् । त्यस्तै मनोज श्रीपाली द्वितीय , सिम्रन भुजेल तृतीय र विद्ध्या श्रेश्ठ ले सान्त्वना स्थान जित्न सफल भएका हुन् ।

आन्तरिक रुपले प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराई १८ जना प्रतियोगि बीच प्रतिस्पर्धा भएको थियो ।

कार्यक्रम विद्यालयमा प्राचार्य टिकाराम शर्मा पौडेलको अध्यक्षता, विद्यायल व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा अतिथिहरुमा सह प्राचार्य राजेन्द्र जोशी, शिक्षक अभिभावक संघका अध्यक्ष शेसकान्त पाण्डे, शिक्षक प्रतिनिधि लक्षमण ढकाल, विद्यार्थी मञ्चका अध्यक्ष रिजन भुसाललगायतको रहेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापनका अध्यक्ष कार्कीले विद्यार्थीहरुलाई हरेक अतिरिक्त क्रियाकलापको उत्तिकै महत्व रहेको बताए जति शिक्षाको हुन्छ । त्यस्तै पछिल्लो समयमा विद्यार्थीहरु विद्यालय भन्दा बाहिर हुने विभिन्न खालका रियालिटि शोहरुमा आकर्षित हुँदै गएको हुनाले विद्यालयमै यस्तो खालको प्रतिस्पर्धात्मक शोले विद्यार्थीको अध्ययनमा बाधा नपरोस भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको प्राचार्य पौडेलले बताउनु भयो ।

कार्यक्रमलाई सफल बनाउन उमेश प्रसाद श्रेष्ठको नेतृत्वमा विद्यार्थीहरु परिचालित भएका थिए ।साँस्कृतिक नृत्य प्रतियोगिताको निर्णायक संयोजकमा अनु रजक, निर्णायक सदस्यमा शपन कुमार एञ्जील, पुष्पा खनाल रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य शिक्षक आकाश विश्वासले गरेका थिए भने सञ्चालन शिक्षक प्रकाश चौधरीले गरेका थिए ।