गनपा ३ ले अनलाइनबाटै सेवालाई प्रभावकारी बनाउदै

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
23 Shares


कौरव खत्री /गुल्मी बागलुङको गलकोट नगरपालिकामा जनताहरुको थप सहजताका लागि प्रविधिमैत्री बनाएको छ । गलकोट नगरपालिकाको वडा नं. ३ मा मंगलवारदेखि अनलाइन मार्फत राजश्व संकलन,जग्गाको तिरो लगायतका कामकाजहरुको प्रविधिमयको प्रयोग गरि सेवाको शुरुवात गरिएको गलकोट नगरपालिकाको वडा नं. ३ का कार्यवाहक अध्यक्ष झहर बहादुर खत्रीले जानकारी दिए ।साथै कार्यवाहक अध्यक्ष खत्रीले भने अव वडा कार्यालयका सबै दैनिक कामकाजहरुलाई प्रविधिमैत्री बनाउदै लैजाने बताए । पहिलो दिन अर्थात मंगलवारबाट शुरुवात गरिएको अनलाइन मार्फत ४ जनाको राजश्व संकलन गरिएको र सेवाले स्थानीय जनताहरुलाई थप सहज सेवा प्रभावकारी हुने कार्यवाहक अध्यक्ष झहर बहादुर खत्रीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया