लग्जेम्बर्गका विदेशमन्त्री नेपाल आउँदै

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं /लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन ।बिदेश मन्त्री एसलवर्नले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गरेका छन ।

आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रम आयोजना हुनेछ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने बिहीबार मात्र भेटघाट गर्नेछन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया