कुमुदिनीले गर्याे २७औँ बार्षिक उत्सव ताथ अभिभावक दिवस सम्पन्न

१७ माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – कुमुदिनी ईग्लिशं बोर्डिंग सेकेण्डरी स्कुल बर्दघाट ४ बर्दघाट पश्चिम नवलपरासीले आफ्नो २७ औँ बार्षिक उत्सव ताथ अभिभावक दिवस शुक्रबार विद्यालयको प्रांगणमा सम्पन्न गरेको छ । विद्यालयकी प्रबन्ध निर्देशक कमला शर्माको अध्यक्षता तथा प्याब्सनका केन्द्रिय सदस्य सुर्वण न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र गुरुङ, प्याब्सन प्रदेश नम्बर ५ का सचिवालय सदस्य सन्तोष अधिकारी,

प्याब्सन बर्दघाट नगर अध्यक्ष गोपाल सिँह आले, अतिथिहरु परिक्षा समितिका समयोजक दिल्लिराम खनाल, अतिरिक्त क्रियाकलापका समयोजक धिरेन्द्र फौजदार अन्य समयोजकहरु राजु भण्डारी, दिपक खरेल, तुलसा थापा, रिमा रिमा भुषाल लगाएत सञ्चारकर्मी, विद्यालयका विद्यार्थी, अभिभावक, समाजसेवी बुद्धिजिवी लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा शिक्षक राजु भण्डारीको स्वागत र लेखनाथ शर्माको सञ्चालनमा रहेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतीक कार्यक्रम समेत सम्पन्न गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया