प्रदेश १ को सचिवालयमा कार्यरत उपसचिव दिपक घिमिरे सवार जिप सप्तरीमा दुर्घटना

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


सप्तरी/प्रदेश १ को सचिवालयमा कार्यरत उपसचिव दिपक घिमिरे सवार जिप सप्तरीमा दुर्घटना भएको छ ।जीप सप्तरीको शम्भुनाथमा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ का सचिवालयमा प्रवक्ताको समेत जिम्मेवारीमा रहेका उपसचिव घिमिरे परिवार काठमाडौं आउदै गर्दा दुर्घटना भएको हो ।प्रदेश १–०२–००१ झ ०७१६ नम्बरको जीप शम्भुनामा रहेको ट्राफिक प्रहरी पोष्ट नजिकै ना ६ ख २१७२ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो।

दुर्घटनामा घिमिरेसहित उनका छोरा ११ बर्षीय दीर्घायु घाइते भएका छन । उनकी श्रीमती र छोरी भने सकुशल छन । उनिहरुको स्थानीय क्लिनिकमा उपचार भएको छ । दुर्घटनापछि उनिहरु पुनः बिराटनगर नै फर्किएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया