दुईदिने औपचारिक भ्रमणका लागि लग्जेम्बर्गका विदेशमन्त्री काठमाडाैंमा

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका छन् । आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम

आयोजना हुनेछ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, उक्त मन्त्रालयका उच्च अधिकारी र यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले स्वागत गरेका थिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण