अस्तव्यस्त जीवनशैली नै ग्याष्ट्रिकको कारण

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


अनियमिन खानपान र अस्तव्यस्त जीवनशैलीको कारण ग्याष्ट्रिकको समस्या हुने गरेको छ । हुने गरेको छ ।अनियमित खानपान- खानपानको तालिका नियमित हुनुपर्छ । लामो समयसम्म भोकै बस्ने, एकैचोटी धेरै खाने जस्ता बानीले पनि ग्याष्ट्रिकको समस्या निम्त्याउँछ ।राती धेरै समय जागा बस्नु – ग्याष्ट्रिक निम्त्याउने एउटा कारण हो यो । राती अबेरसम्म बस्दा पाचन पक्रियामा समस्या हुन्छ । यसले पेटमा ग्यास बन्छ ।हतार-हतार खानु- खानेकुरा राम्ररी चपाएर खानुपर्छ, जसले पच्न सजिलो होस् । तर, हामी हतार हतार खानेकुरा खान्छौ, जो पच्न समय लाग्छ । यसले गर्दा पेटमा एसिड पैदा हुन्छ र ग्यासको समस्या आउँछ ।लगतार एकै स्थानमा बस्नु- कामको धुन वा मनोरञ्जनको क्रममा हामी एकै स्थानमा लगातार लामो समय बसिरहन्छौ । यसले गर्दा पनि पाचन पक्रियामा अवरोध पुग्छ । नतिजा, पेटमा आवश्यक्ताभन्दा बढी एसिड बन्छ र ग्याष्ट्रिकको समस्या हुन्छ ।प्रोस्टेड फूड -प्रोस्टेड फूड जस्तो कि कुकी, मिठाई आदिमा चिनीको मात्रा बढी हुन्छ । यस्तो खानेकुरा सेवन गर्दा पनि ग्याष्ट्रिकको समस्या हुन्छ।कोल्ड डि्रंक- सोडा र कोल्ड डिं्रकमा कार्बनडाईअक्साइड बबल्स हुन्छ, जसले पेटमा एसिड पैदा गर्छ । यसलाई पिउदा ग्याष्ट्रिकको समस्या हुन्छ ।दुधजन्य परिकार- दुधजन्य परिकारले पनि ग्याष्ट्रिकको समस्या निम्त्याउँछ । यसमा रहेको चिल्लो पदार्थ पच्दैन ।

के छ त उपचार ?

१. अदुवाको रसमा मह मिसाएर पिउनुपर्छ ।

२. एसिडिटी भएमा घिउकुमारीको जुस पिउनुपर्छ ।

३. मनतातो पानीमा कागतीको रस मिसाएर पिउनुपर्छ ।

४. एक कप पानीमा कागतीको रस र एक चम्चा मह मिसाएर पिउनुपर्छ ।

५. त्रिफला पाउडर दुधमा मिसाएर पिउनुपर्छ ।

६. मुला काटेर त्यसमा थोरै बीरे नुन र मरिचको पाउडर मिसाएर खाने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देहीको दोस्रो जित
  • कम्युनिष्टले जनताको अपमान गरेको कांग्रेस नेताहरुको ठहर
  • रोटरी मेडिकोफ्युजनले सुरु गर्यो ‘जथाभावी नथुकौं’ अभियान
  • प्रधानमन्त्रिले असंवैधानिक कदम सच्चयाउनुपर्छ : सिंह
  • लाफा समुहको आयोजनामा माघ २३ गतेदेखि तेस्रो लाफा खुला तथा…
  • नेपाल रेडक्रस सोसाइटी पन्चनगर उपशाखाको साधारण सभा सम्मपन्न
  • चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का…
  • प्राज्ञिक विद्यार्थी परिषद, नेपाल द्धारा कक्षा ११ को पाठ्यक्रमको अन्योल…
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान
  • आज २०७७ पुस २५ गते शनिबार