शिवमाया तुम्बाहाम्फे नेकपा केन्द्रीय सदस्यमा मनोनित

प्रकाशित मिति:

काठमाडौं – उपसभामुखबाट केही दिनअघि बिदा भएकी शिवमाया तुम्बाहाम्फेलाई सत्तारुढ नकेपाले केन्द्रीय सदस्य मनोनित गरेको छ ।

पार्टी नेतृत्वको पितसत्तावादी सोचका कारण योग्य भएर पनि सभामुख नबनाइएको भन्दै सार्वजनिक रुपमै बोल्दै हिंडेकी उनलाई मंगलबार बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि खासै भूमिकामा नरहेकी शिवमायालाई एकतापछि केन्द्रीय सदस्य बनाइएको थियो । उपसभामुख निर्वाचित भएलगत्तै कानूनी व्यवस्थाअनुसार उनले दलीय आवद्धता त्यागेकी थिइन् । त्यसैका आधारमा शिवमायाले आफू नेकपाको कार्यकर्ता नभएकाले नेकपा सचिवालयले भन्दैमा उपसभामुख पद नछाड्ने जिकिर गरेकी थिइन् ।