नेकपा छोडेर दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा

प्रकाशित मिति:

काठमाडौं – नेपालमा अहिले प्रतिपक्ष कमजोर भएको चर्चा हुने गरेको छ । यो बीचमा रामेछापको खाँडादेवी गाउँपालिकाका–२ का दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको खबर बाहिर आएको छ ।

उनीहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् । स्थानीय नेता राम कुमार कार्कीको नेतृत्वमा रामहरी कार्की, हरि कार्की, रामहरि गिरि लगायतका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा आयोजित एक कार्यक्रमका बीच उनीहरु काँग्रेस प्रवेह गरेका हुन् ।