सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
38 Shares


रासस /सुरुङ्गा – आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । हजुरआमासमेत शारीरिकरूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुर्घटनामा घाइते सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी
  • समृद्ध नेपाल बनाउन रोकौँ भ्रष्टाचार
  • मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट
  • ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट…
  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…