अक्षर एकेडेमीले मनायो अभिभावक दिवस

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र देवकोटा / बुटवल –  बुटवल जितगढी किल्ला नजिकै रहेको अक्षर एकेडेमी विद्यालयले आफ्नो तेस्रो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । तीन वर्ष अगाडि स्थापना भएको विद्यालयले विद्यार्थीको प्रतिभा प्रदर्शन तथा पुरस्कार वितरण गरेर वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत टिकाराम पन्थीले अहिलेको आवश्यकता भनेकै बालमैत्री पद्दतीमा बालबालिकालाई अध्ययन सिकाई गराउने पठन सँस्कृतिको विकास हुन आवश्यक रहेको बताउनुभयो । उहाँले अक्षर एकेडेमीले बालमैत्री पद्दतीमा अध्ययन गराउने कुरालाई अनुसरण गरेको उल्लेख गर्दै बालबालिकालाई उनीहरुकै शैलिमा सिकाउनु पर्ने बताउनुभयो ।

विद्यालयका संस्थापक अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा वडानम्बर २ का अध्यक्ष रमेश नेपाल, एन प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्याल, अभिभावक संघ प्रदेश ५ संयोजक हेम थापा, प्रदेश सहसचिव होमनाथ ढुङ्गाना, राष्ट्रिय कलाकार निरु गुरुङ्ग लगायतले शैक्षिक गुणस्तरताका लागि पठन संस्कृतिलाई बालमैत्री बनाउनु पर्ने बताउनुभयो । विद्यालयका प्रिन्सिपल रुपा श्रेष्ठ पाठकले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षालाई जोड दिदै माथील्ला कक्षा थप तथा संचालनको योजना विद्यालयले लिएको बताउनुभयो । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने साना विद्यार्थीहरुले आआफ्नो साँस्कृति प्रस्तुती देखाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…