यी  चार राशि भएका व्यक्ति, जसले कमाउँछन् टन्नै सम्पति

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / हुनत स् धनसम्पति कमाउन र धनी बन्न धेरै नै मेहनत गर्नुको विकल्प छैन । तर केही राशिहरुका लागि भने भाग्यमा नै धनी बन्ने संभावना हुने गर्दछ । कतिपयले यसलाई किस्मत भन्दछन् । कुल १२ राशिमध्ये ४ राशिका ब्यक्तिलाई उनीहरुको भाग्यले नै धनी बन्न साथ दिन्छ । निम्न ४ राशिका ब्यक्तिले धेरै नै सम्पति कमाउँन सक्ने ज्योतिष विद्याका जानकारहरु बताउँछन । वृष राशि-वृष राशिका जातकमा सुन्दर र विलाशी सामान किन्ने शौख हुन्छ । औसत ब्राण्डका सामग्री यी राशिका ब्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका ब्यक्ति स्वतः धेरै धन कमाउन लालायीत हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका ब्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनिहरुलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।

वृश्चिक राशि-धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन् । यस राशिका ब्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ । ठूला घर, कार, ब्यापार ब्यवसाय प्रति उनिहरु लिप्त हुन्छन । दृढ निश्चयी भएका कारणले पनि सम्पति कमाउने मामलामा वृश्चिक राशिका ब्यक्ति आफंै पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ ।कर्कट राशि-कर्कट राशिका जातकलाई धन, सम्पति कमाउन भाग्यले नै साथ दिने गर्दछ । यी राशिका ब्यक्ति अवसरका खोजिमा हुन्छन् । जहाँ उनिहरुको रहर पूरा गर्न राशि नै सारथी बनिदिन्छ । कर्कट राशिलाई स्वभावत स् धनी बनाउन उनिहरुको आकांक्षा र भाग्य बलियो हुने गर्दछ । यी राशिका ब्यक्ति जग्गाजमिनको कारोबारबाट चाडैं धनि बन्ने गर्दछन् ।सिंह राशि-सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौख हुन्छ । उनिहरु अन्य राशिका ब्यक्ति भन्दा फरक हुने चाहाना राख्दछन् । साथै उनिहरुलाई सम्पतिको मामलामा राशिले पनि साथ दिने गर्दछ । महंगा कार, गरगहना, रुपैयाँ पैसाको चाहाना उनिहरुको सामान्यतया स् पूरा हुन्छ ।उल्लेखित सूचीमा तपाईको राशि समावेश छैन भने पनि चिन्ता नगर्नुहोस् । किनकी सम्पति वा नाम कमाउन आफ्नो मन, मष्तिष्क र मेहनतले नै पूरा गर्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…