आज मंगलबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ आश्विन २३ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल आश्विन महिनाको २३ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन कृष्ण(पितृ)पक्षको औँशी तिथि विहान ९।१३ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् ।

सूर्य कन्या राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । हस्ता नक्षत्र दिवा १।९ बजेसम्म रहनेछ । यसैगरी आज ऐन्द्र योग, किंस्तुघ्न करण रहेको छ । आज काठमाडौँमा सूर्योदय ६।०० मा छ भने सूर्यास्त बेलुका ५।४० बजे हुनेछ ।

आज चन्द्रमा कन्या राशिमा छन् । आज मंगलबार औँशी तिथि विहान ९।१३ बजेसम्म रहन्छ । यसैगरी आज मतामह अर्थात् मावली हजुरबाको श्राद्ध गर्ने दिन पनि हो । औँशी तिथि स्नान एवं दान कर्मका लागि शुभ मानन्छि ।