वडा अध्यक्ष सामाजवादी पार्टीमा  प्रवेश

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु– सामाजवादी पार्टी कपिलवस्तुले तौलिहवामा अयोजना गरेको पार्टी शुद्धिकरण आभियानमा मायादेवी गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष सहित १ जना कार्यपालिका सदस्य पनि प्रवेश गरेका छन । वडा नं। २ का वडा अध्यक्ष सरफुद्दिन मुसालमान, मायादेवी गाउँकार्यपालिका सदस्य महेन्द्र धोवी र ४ जना वडा सदस्यहरु प्रवेश गरेको नव प्रवेशी मुसालमानले जानकारी दिनु भएको छ । समाजवादीले मुसालमानलाई पार्टी को जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत दिएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिनु भएको छ ।

पार्टी शुद्धिकरण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा प्रदेश ५ का ईन्चर्ज दानबहादुर चौधरीले मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मागेपनि अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको बताए । संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्रता अनुभूति गर्न नसक्ने उल्लेख गर्दै चौधरीले त्यसको लागि पनुः संघर्षको आवश्यक्ता रहेकाले पार्टी संगठन विस्तार तथा शुद्धिकरणमा जुटेको बताए । यता केन्द्रिय सदस्य तथा प्रदेशको संसदीय दलका नेता सहसराम यादवले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वा्चित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसकिने बताएका छन । यादवले संघीयता विरोधीहरु विभिन्न बहानामा संघीयता समाप्त पार्न षडयन्त्र गरिरहेको दाबी गरे । यादवले संगठित र अनुशासित बन्दै संघर्षको तयारीमा जुट्न कार्यकर्तालाई अग्रह गरेका छन ।

समाजवादी पार्टीको संगठन विस्तार सुदृढीकरण अभियान अन्र्तगत जिल्लाको यशोधरा गाँउपालिकामा डाक्टर अहमद , बिजयनगरमा राम निवास पुरी, कृष्णनगरमा अकिल अहमद इसहाक महाराजगंजमा अजित कुमार सिंह, शिवराजमा कृष्ण कुमार चौधरी, मायादेबीमा कृष्ण नरायण चौधरी, कपिलवस्तु नगरपालिकामा इरफान रजा, बुद्वभुमिमा राम निवास यादव, शुद्वोधनमा मनोज यादव तथा बाणगंगामा चोप लाल लाई संगठन विस्तार तथा सुदृढीकरण गर्ने जिम्मेवारी दिएका छन । उक्त कार्यक्रम समाजवादी पार्टी जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षतामा तथा प्रमुख अतिथिमा पार्टीका केन्द्रिय सदस्य नरायण खनाल, पुर्ब मन्त्रि दान बहादुर चौधरी , प्रदेश सभा सदस्य सहसराम यादव, राम लौटन तिवारी, अब्दुल रसिद खाँ लगायतका पार्टीका नेताहरुको उपस्तिथीमा कार्यक्रम सम्पन्न भएको थियो ।