बाणगंगा नगरपालिकाद्वारा म सफा गर्छु मेरो नगर अभियानलाई निरन्तरता

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


रिता थारु / कपिलबस्तु बाणगंगा नगरपालिकाले म सफा गर्छु मेरो नगर अभियानलाई निरन्तरता दिदै गएको छ । यसैविच सोही अभियान अन्तरगत आज बुधबार बाणगंगा वडा नं ६ को बैदौलीमा मा वृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ भने आज देखि वडा नं. ६ मा औपचारीक रुपमा अभियानको सुभारम्भ भएको छ । समृद्ध बाणगंगाको मुल आधार, कृषि, पर्यटन, बातावरण र रोजगार भन्ने मुल नाराका साथ संचालन भएको सरसफाई कार्यक्रममा नगर उपप्रमुख चक्रपाणि अर्यालले प्रमुख अतिथीको रुपमा बोल्दै नगरपालीकालाई सुन्दर , स्वच्छ राख्ने उद्देश्यका साथ नगर सरसफाई र हरियाली प्रवर्धन अभियान द्धारा नगर सरसफाई अभियानको संचालन गरीएका बताउनुभयो ।

सरसफाई कार्यक्रम हरेक महिनाको १ र १५ गतेसञ्चालन गर्ने गरिएको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बोल्दै यस्ता सरसफाईका कार्यक्रमले सम्बधित निकायलाई फोहोर व्यवस्थापनका विषयमा अझ जागरुप भएर लाग्न र नगरवासीमा पनि उर्जा थप्ने कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले वाणगंगा नगरले संचालन गरेको यो अभियान सह्रायिन रहेको भन्दै अहिले अन्य जिल्ला तथा नगरले यसको सिको गरिरहेको बताउनुभयो ।यस्तै वडा नं. ६ का वडा अध्यक्ष सुकदेव चौधरीले सरसफाई अभियनामा सहभागि हुने सबैलाई धन्यवाद दिदै आगामी दिनमा वडाले सरसफाई योजना नै बनाएर वडाका सबै टोलमा सरसरफाई कार्यक्रम तथा अभियान सन्चालन गरिने बताउनुभयो । उहाले सरसफाई तर्फ स्वायम नागरिक सचेत हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वडा नंं. ६ का वडा अध्यक्ष भिष्मराज भुषाल, बाणगंगा नगर शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, शिक्षा शाखा अधिकृत खिम बहादुर जि.सी लगाएत वडा सदस्य , वडा सचिव, विभिन्न टोल बिकास संस्थाका पदाधिकारीहरुको सहभागिता तथा स्वास्थ्य शाखा अधिकृत भक्तीराम पाण्डेको संचालन सरसफाई कार्यक्रम सम्पन्न भएको हो । फाल्गुण १ गते भने सोही अभियाने वडा नं. ११ओदारीमा संचालन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया