हात्तीपाईले रोग निवारणका लागि सबैको हातेमालो आवश्यक रहेको सरोकार वालाहरुको भनाई

प्रकाशित मिति:

सरिता थारु/कपिलवस्तु-कपिलवस्तुमा हात्तीपाईले रोग निवारणका लागि ११ बर्ष देखि अभियान जारी छ । तर अभियानले अझै सार्थकता पाउन सकेको छैन । जिल्लामा अझै पनि १२.५ (साडे बाह्रा ) प्रतिशतमा हात्तीपाइले संक्रमण रहेको एक कार्यक्रमका विच जानकारी गराइएको छ । बुधबार बाणगंगा नगरपालिकाको आयोजनमा भएको शिक्षक, प्राध्यापक तथा सरोकारवालाहरुका लागि नगर स्तरिय अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी गराईएको थियो । कार्यक्रममा नगर उप प्रमुख चक्रपाणी अर्यालले बोल्दै नेपालमा मात्र नभई विश्वमै कपिलबस्तु जिल्लामा हात्तीपाईले फाईलेरिया संक्रमित बढी हुनु निरासाजनक भएको बताउनुभयो । उहाले नगर तथा जिल्लालाई हात्ती पाइले रोग मुक्त बनाउन सबै सरोकारवाला तथा सचेत नागरिकले हातेमालो गर्न आवश्यक रहेको औल्याउनुभयो ।

यस रोगको संक्रमणलाई नेपाल सरकारले लिएको १ भन्दा कम प्रतिशतमा ल्याउने लक्ष्यलाई साकार पार्न माघ २५ गते देखि संचालन हुन लागेको हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानमा सबै सरोकारवाला पक्ष लाग्नुपर्ने बताउनुभयो ।कार्यक्रममा सामाजिक विकास संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुषालले यस अभियानलाई व्यापाक सामाजिक अभियानको रुपमा संचालन गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चुडामणी पन्थीले बोल्दै औषधी सम्बन्धी समाजमा व्यप्त रहेको भ्रमलाई चिर्दै अभियानमा संलग्न स्वाथ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खान र खुवाउन आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले बाणगंगा नगर अन्य सुचकमा अगाडी रहेपनि हात्तीपाईले फाइलेरियाको सुचकमा पछाडि रहनु चिन्ताजनक भएको औल्याउनुभयो ।

शिक्षक , विाद्यार्थीहरुलाई अभियानबारे अभिमुखिकरण गरेर आगाडी बढे सहज हुने बताउदै शिक्षक, प्राध्यापक विद्यार्थी तथा सरोकारवालाहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाले शिक्षक तथा विद्यार्थीलाई नेतृत्वदायी भुमिका खेल्न आग्रह समेत गर्नुभयो । डा. गंगाराम यादवल हात्तीपाईले (फाईलेरिया) लाग्नुको कारण, जिल्लाको अवस्था लगाएतको बारेमा प्रशिक्षण दिदै औषधी सत प्रतिशत सुरक्षीत भएको बताउनुभएको थियो । उहाले औषधीले कुनै पनि किसिमका हानी नगर्ने बताउदै सेवन गर्न र गराउनको लागि सबैमा अनुरोध गर्नुभयो ।स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकास पार्नुभएको थियो ।स्वास्थ्य शाखा अधिकृत भक्तीराम पाण्डेको संचालन भएको कार्यक्रममा बाणगंगा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक , बालक्लब तथा बाल संजालका बालबालिका विद्यार्थी, बालमैत्री स्थानीय शासन कार्यक्रममा सहजकर्ता पत्रकार लगाएतको सहभागिता रहेको थियो । माघ २५ गते देखि संचालन हुने अभियान जिल्लामा १२ औ पटक हो ।