दम्पतीको यौनव्यवहार उमेरसँगै बद्लिन्छ

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी /दम्पतीको यौन जीवनले उनीहरुको आपसी सम्बन्धलाई पनि प्रभाव पार्छ । जसरी यौन जीवनले उनीहरुको सम्बन्धलाई अरु प्रगाढ बनाउँछ, त्यसैगरी दूरी बढाउने निहुँ पनि ।कतिपय दम्पतीबीच मनमुटाव, झैझगडा हुनुको कारण नै उनीहरुको यौन-व्यवहार हुनेगर्छ । बालबालिका हुर्किएपछि भएपछि श्रीमान्-श्रीमतीलाई एकान्त प्राप्त हुँदैन । त्यस्तो अवस्थामा श्रीमान्-श्रीमतीमा विस्तारै-विस्तारै मनमुटाव हुन थाल्छ, जसले कहिलेकाहिं ठुलो झगडाको रुप लिन्छ । कहिलेकाहिं त यहि कारणले दम्पतीबीच सम्बन्ध विच्छेद पनि हुन सक्छ ।उमेर अनुसार श्रीमान्-श्रीमतीमा यौनबारेमा भिन्दा-भिन्दै विचार हुन्छ । यही भिन्दा-भिन्दै विचारहले कहिलेकाहिं उनीहरुमा दुरी बढाउँछ । श्रीमान्-श्रीमतीमा यौन सम्बन्धमा तालमेललाई बुझ्नका लागि यसप्रति एक-अर्काको धारणा बुझ्न अति नै आश्यक छ । श्रीमान्-श्रीमतीमध्ये कसैको यौनप्रति इच्छा धेरै हुन्छ भने कसैको थोरै । कहिलेकाहिं आफ्नो श्रीमान्मा यौन इच्छा कम भयो भने श्रीमतीहरु आफ्नो श्रीमान्को बाहिर अरु महिलासंग सम्बन्ध छ कि भन्ने शंका गर्न थाल्छन् ।

विवाह अगाडि-हिजोआज महिलाहरुको विवाह गर्ने उमेर भनेको २५ देखि ३५ वर्षबीचको भएको छ । त्यस्तै खानपान र परिवर्तित परिवेशमा महिला-पुरुषलाई १५ वर्षको उमेरमा नै यौनको बारेमा ज्ञान हुन थालेको छ । १५ देखि ३० वर्ष उमेरसम्म महिलाहरुमा नियमित महिनावारी हुन्छ, जसले उनीहरुको हार्मोनल परिर्वतन हुन थाल्छ । त्यस्तो अवस्थामा उनीहरु भित्र यौन चाहना उत्पन्न हुन थाल्छ । उनीहरु आफु भित्र उत्पन्न यस्तो चाहनालाई दबाउने प्रयास गर्छन् । उनीहरुमा सामाजिक र घरेलु दवाव त हुन्छ नै, करियर र विवाहका लागि सही पुरुषको खोजी पनि मनमा हावी हुन्छ । जसका कारण उनीहरु भित्रको यौन चाहना हराउँछ ।यही उमेरका पुरुषहरुमा यौनका लागि जोश भरिन्छ । केही नयाँ गर्ने इच्छा मनमा हावी हुन्छ । उनीहरुको स्वास्थ राम्रो हुन्छ । उनीहरु हरेक प्रकारले फिट हुन्छन् । त्यस्तो अवस्थामा विवाह, सम्बन्धको कल्पनाले उनीहरुमा नयाँ उर्जा भरिदिन्छ । उनीहरु यौनका लागि तयार रहन्छन् भने महिलाहरु त्यहि उमेरमा पनि आफ्नो यौन इच्छालाई दबाउन तिर लाग्छन् ।

३० वर्षपछि सबै कुरा परिर्वतन हुन्छ-महिलाहरुको स्थिति ३० वर्षपछि विवाह हुँदा महिलाहरुमा यौन सम्बन्धि कुनै समस्या हुँदैन । उनीहरुले चरम सुख प्राप्त गर्नका लागि पूर्ण रुपले तयार रहन्छन् । महिलाहरुमा करियर बनाउने दवाव हुँदैन । घर परिवारको धेरै जिम्मेवारी पनि हुँदैन । त्यसैले उनीहरुमा यौन इच्छा तिव्र गतिमा उत्पन्न हुन्छ । जब महिलाहरुले बच्चा जन्माउँछन्, उनीहरुको शरीर पूर्णरुपले परिर्वतन हुन्छ, जसका कारण महिलाहरुले आफु भित्रको यौन भावनालाई बुझ्न सजिलो हुन्छ । उनीहरु कुनै पनि किसिमको अफ्ट्यारो नमानि त्यस्तो सम्बन्धको स्वागत गर्नका लागि तयार हुन्छन ।

पुरुषहरुको स्थिति-३० वर्षपछिको उमेरमा पुरुषहरु विभिन्न किसिमको समस्याहरुको सामना गरिरहेका हुन्छन् । विवाहपछि बालबच्चा र परिवारमा हुने खर्च, करियर विकास आदि कुराहरु मनमा हावी हुन थाल्छ । जसका कराण उनीहरु आफुलाई थाकेको अनुभव गर्न थाल्छन् । पुरुषहरु यही क्रममा रक्सि सेवन गर्न थाल्छन् । त्यसैले उनीहरुमा यौन इच्छा कम हुँदै जान्छ ।पुरुषहरुमा त्यस्ता कुराहरुको यति धेरै प्रभाव पर्छ, जसका कारण उनीहरु सन्तान सुखबाट पनि वञ्चित हुन पुग्छन् । विशेषज्ञहरुका अनुसार हिजोआज जति पनि महिलाहरुमा बाँझोपनको समस्या आएको छ, त्यसको प्रमुख कारण उनीहरुको श्रीमान्मा शुक्राणुहरु गुणस्तर नहुनु हो । पुरुषहरुमा सही शुक्राणुको कमी हुने कारण उनीहरुको मानसिक तनाव र कामको बोझ रहेको पाइन्छ । यस कारण पुरुषहरु आफ्नी श्रीमतीसंग सही तरिकाले यौनसम्बन्ध स्थापित गर्न सक्दैनन् ।

४० वर्षपछि

४० वर्षको उमेर पछि आयु सीमाले एक पटक फेरी शारीरिक परिर्वतनको अनुभव गराउँछ । महिलाहरुमा यो उमेरमा हार्मोनको स्तर कम हुन शुरु हुन्छ । उनीहरुमा यौन इच्छा पुनः जाग्रित हुन थाल्छ । प्रायः महिलाहरु आफुलाई यो उमेरमा बालबच्चाको जिम्मेवारीहरुबाट मुक्त भएको महसुस गर्छन्, जसका कराण उनीहरुमा यौन इच्छा बढ्न थाल्छ । तर यस्तो परिर्वतन त्यस्ता महिलाहरुमा देखिन्छ, जुन महिलाहरु पूर्णरुपमा स्वास्थ्य हुन्छन् । जुन महिला कुनै रोगको शिकार अथवा भद्दा शरीर हुन्छ, उनीहरु यौन सम्बन्धबाट बच्ने प्रयास गर्छन् ।४० वर्ष भन्दा माथिका उमेर भएका पुरुषहरुले पनि आफुमा नयाँ परिर्वतन भएको अनुभव गर्छन् । उनीहरुको करियर व्यवस्थित भैसकेको हुन्छ । उनीहरु यो समयलाई आफु अनुसार नै महसुस गर्न थाल्छन् । जुन पुरुष स्वस्थ हुन्छन्, कुनै पनि स्वास्थ समस्या हँुदैन, उनीहरु पहिला भन्दा धेरै शक्तिशाली भएको अनुभव गर्न थाल्छन् । उनीहरुका लागि यौनमा नयाँपन ल्याउने विचार तिव्र गतिमा बढ्न थाल्छ ।५० वर्षपछि महिलाहरुमा महिनावारीको बोझ सकिन्छ । उनीहरु यौनप्रति राम्रो अनुभव गर्न थाल्छन् । तर पनि उनीहरुको मनमा विभिन्न किसिमका प्रश्नहरु उत्पन्न हुन्छन् । बालबच्चा सम्बन्धि प्रश्नहरु, हार्मोनल परिर्वतनका कारण शरीरमा विभिन्न समस्याहरु उत्पन्न हुनु । घुँडा सम्बन्धि समस्याहरु उत्पन्न हुन थाल्छन् । यी समस्याका कारण यौन चाहना घट्दै जान्छ ।

यो उमेरमा पुरुषमा पनि ब्लडप्रेशर, डाइबिटीज, कोलेस्ट्रोल जस्ता रोगहरु र यी रोगहरुलाई कम गर्न सेवन गर्ने औषधिहरुका कारण यौन इच्छा घट्न थाल्छ । शरीरमा हुने यस्तो यौन गणितले नै श्रीमान्श्री-मतीबीच यौनले सम्बन्धमा उत्पन्न हुने दुरीको प्रमुख कारण बन्छ ।यौनको यस्तो गणितलाई मनमा हावी हुन दिनु हुँदैन, त्यसो हुँदा यौन जीवनलाई सही प्रकारले चलाउन सकिन्छ ।सम्बन्धमा यौनको आफ्नो भिन्दै महत्व हुन्छ । हाम्रो समाजमा यौनको बारेमा कुरा गर्नु नराम्रो मानिन्छ, जसका कारण वैवाहिक जीवनमा विभिन्न प्रकारको समस्याहरु उत्पन्न हुन थाल्छन् । यी समस्याहरुका लागि औषधि खोज्नु भन्दा एकअर्कासंग कुराकानी गरेर समाधान निकाल्नु पर्छ, जसले तपाईंहरुको समस्या सजिलै समाधान हुन सक्छ ।महिला-पुरुषले विवाहपछि नै यौन जीवनको आनन्द उठाउन सक्छन् । दुवैले एउटै मानसिक स्तरमा हरेक कुराहरुलाई हेर्नु पर्छ र एकअर्कालाई सहयोग गर्नु आवश्यक छ । यसले आपसी दुरि कम हुन्छ र वैवाहिक जीवनलाई सुचारु रुपले चलाउन सहयोग पुग्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु