जे.पी प्रतिष्ठानले गर्यो कुलमान घिसिङ लाई सम्मान

प्रकाशित मिति:

काठमाडौं – जेपी प्रतिष्ठानद्धारा गत माघ २ गते देखि निरन्तर चलिरहेको महायज्ञमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई सम्मान गरिएको छ। प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहाल लगाएतका व्यक्तिहरूले सामुहिक रूपमा सम्मान गरिएको थियो।

शंकरापुर नगरपालिकाको लप्सेफेदीमा आयोजित यज्ञ कार्यक्रममा बोल्दै कुलमान घिसिङले समाजमा सफलता हासिल गर्नका लागि कर्म गर्नुपर्ने बताए । आफूले जनताको अधिकारलाई स्थापित गराउदै जिम्मेवारी अनुसारको दायित्व मात्रै पूरा गरेको बताए ।

कुनै समय विद्युत प्राधिकरण लोड सेडिङ गर्न संस्था त होईन भन्ने जनताको मन मस्तिकमा रहेको बताउँदै त्यसलाई मेटाउन सफल भएको दावि गरेका छन्।

नेपाल अब आफ्नै विद्युतमा आत्म निर्भर हुने बताए । मुलुकमा धेरै ठूलाठूला प्रोजेक्ट बन्दै गरेको बताउँदै विद्युत खपत बढाउन सबैलाई आग्रह गरेका थिए।