सालझण्डीमा भलिबलको तिर्खा मेटिनेछ 

प्रकाशित मिति:

पछिल्लो समय रुपन्देहिमा खेलकुदका बिभिन्न कार्यक्रमहरु सन्चालन भैरहेका छन । वडादेखी नगरसम्म, जिल्लादेखी केन्द्रसम्म खेलकुदका गतीबिधीले खेलकुदको माहोल सिर्जना गरेको छ । नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावलीको अबसर पारेर ग्रामीण क्षेत्रमा अली बढी नै प्रतीयोगीता हुने गर्दछन । यसैबिच गठन भएको छोटो समयमा मदन भण्डारी स्पोर्टस एकेडेमी सैनामैना नगरकमिटीले सैनामैनामा खेलकुदका बिभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ । यहि असोज २४ देखी २७ गतेसम्म प्रथम सैनामैना मदन भण्डारी भलिबल प्रतीयोगीता २०७५ आयोजना गर्न गैरहेको कमिटीले स्थानीयस्तरका खेलाडीहरुलाइ प्रोत्साहन गर्नको लागी छुट्टै अभियान नै सन्चालन गर्ने बताएको छ । यहि भलीबल प्रतीयोगीता तथा आगामी योजना बारेमा एकेडेमीका अध्यक्ष यमलाल खरेलसग सबल नेपाल साप्ताहिकका सहसम्पादक दिपक न्यौपानेले गरेको सक्षीप्त कुराकानी

भलिबल प्रतीयोगीताको तयारी कस्तो छ ?

सैनामैना आफैमा खेलकुदको उर्वरभुमी हो । यसमा कुनै शंका नै छैन । कहि न कतै ,केहि न केहि खेलकुदका गतीबिधी सैनामैनामा भैरहन्छन । लामो समयदेखी भलीबलको एउटा आर्कषक प्रतीयोगीता यसठाउमा भएको छैन । त्यसैले पशुपती माबीको प्रांगढमा खुल्ला भलिबल प्रतीयोगीता राख्ने निर्णय गर्यौ । र यसको तयारी तिब्र ढंगले अगाडी बढेको पनी छ । ब्यानर,पर्चा,पम्लेट ,माइकिङ गरेर सबैलाइ जानकारी गराइरहेका छौ । लामो समयदेखी भलिबलको तिर्खा मेटाउन नपाएका दर्शकका लागी यो प्रतीयोगीता महत्वपुर्ण हुनेछ । त्यसका साथै स्थानीय खेलाडी र क्लबहरुलाइ महत्वपुर्ण स्थान दिएका छौ ।

 खेलकुद प्रतीयोगीता सन्चालन गर्दै गर्दाका चुनौती तथा उदेश्यबारे पनी बताइदिनुहोस न ?

स्थानीय स्तरका खेलाडीहरुलाइ प्रोत्साहन र प्रमोट गर्नु नै हाम्रो मुख्य ध्येय हो । यसका साथै युवाहरुलाइ खेलकुदमा जोडेर कुलतमा फस्न नदिनु हो । हामीले युवाहरुलाइ सामाजीक काममा जोड्ने अभियान पनी गरिरहेका छौ । अर्को कुरा , कुनै खेल खेलाउनु सामान्य चुनौती छैन । स्पोन्सरखोज्नुदेखी कार्यक्रम ब्यबस्थापन गर्नु निकै गाह काम हो । चन्दाकै भरमा खेलकुदका गतीबिधि सन्चालन गर्नुपरेको छ । हामीले पहिलो पुरस्कार ७७ हजार ,दोस्रो४४ हजार,तेस्रो २२ हजार राखेका छौ । यो पैसा संकलन हाम्रा शुभचिन्तक ,सघंसस्थाका प्रतीनिधी,यहाका स्थानीय ब्यापारीबाट गरेका छौ । मदन भण्डारी स्पोर्टस एकेडेमी सैनामैना कमिटीलाइ धेरैले सहयोग गर्नुभएको छ ,यसमा हामी औधी खुसी छौ ।

 एकेडेमीको आगामी योजना के बनाउनुभएको छ ?

हाम्रो ध्येय निरन्तर रुपमा कार्यक्रम गर्नु हो । वडादेखी नगरपालीकासग समन्वय गरेर भएपनी स्पोर्टसका इभेन्टहरु सन्चालन गरीरहने छौ । यसका लागी सबैको सहयोग आबश्यक पर्दछ । हाम्रो एकेडेमी युवा तथा जोश जागरले भरिएका साथीहरु हुनुहुन्छ त्यसैले यो टिमले बिभिन्न समय पारेर खेलकुदका कार्यक्रम गर्ने प्रतीबद्धता ब्यक्त गर्न चाहान्छौ । यससगै खेलकुदमात्र होइन अन्य सामाजीक काममा पनी एकेडेमी लाग्ने छ । सैनामैना नगरलाइ खेलकुदको पनी नमुना नगर बनाउनका लागी बिशेष भुमिका खेल्नेछ भन्नेमा शंका छैन । त्यसैले पहिलो पटक हामीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतीयोगीता खेलीसकेका खेलाडीहरुलाइ नगदसहित भब्य सम्मान कार्यक्रम सम्पन्न गर्यौ । यसले पनी खेलाडीहरुलाइ राम्रो सन्देश दिएको थियो ।

 अन्त्यमा ?

थोरै कुरा भएपनी तपाइको लोकप्रिय पत्रिकामा मेरो र एकेडेमीको केहि कुरा राख्न दिनुभएको यहालाइ धेरै धेरै धन्यबाद । आउनुहोस, हामीले निकै मेहेनतका साथ भलिबल प्रतीयोगीता सन्चालन गर्न गइरहेका छौ । यसमा सबैले सहयोग गरी खेलकुदको भरपुर मनोरन्जन लिनुहोस । नेपालको राष्ट्रिय खेललाइ प्रमोट गर्नका लागी तपाइ हामी सबै जुटौ । स्थानीय खेलाडीहरुलाइ प्रोत्साहन गरौ । धन्यबाद ।

यमलाल खरेल
अध्यक्ष – मदन भण्डारी स्पोर्टस एकेडेमी सैनामैना कमिटी