ॐ जान्नुहोस , यी १२ पाप गर्नेलाई भगवान् शिवले कहिले पनि माफ गर्नुहुन्न !

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
13K Shares


भगवान् शिवलाई जति सजिलै प्रसन्न गर्न सकिन्छ, त्यति सजिलै उहाँमा क्रोध पनि आइहाल्छ । उहाँको क्रोध प्रलयकारी हुन्छ । भगवान् शिवले आफ्नो तेस्रो आँखा खोलेको दिन संसार अन्त्य हुने निश्चित भएको बताइन्छ ।

शिवपुराणमा कार्य, व्यवहार, बोली र सोचबाट हुने १२ वटा पापको वर्णन आउँछ । त्यस्तो पाप गर्ने मानिसलाई भगवान् शिवले कहिले पनि माफ गर्नुहुन्न । त्यो व्यक्तिले कहिले पनि सुखी जीवन बिताउन पाउँदैन ।

यी हुन् १२ महापाप :
१.अर्काको पति वा पत्नीमाथि खराब नजर लगाउने वा उसलाई पाउने इच्छा गर्ने ।

२. अर्काको धन हडप्न खोज्ने ।

३.सोझो र निरपराध मानिसलाई कष्ट दिने, उसलाई हानि गर्ने, धनसम्पत्ति लुट्ने, उसका लागि बाधा उत्पन्न गर्ने योजना बनाउने ।

४. खराब बाटो हिँड्नका लागि आफैं तत्पर हुने ।

५. कुनै गर्भवती महिला वा रजस्वलामा रहेकी महिलालाई कटुवचन लगाउने वा उसको चित्त दुखाउने ।

६. कसैको मान सम्मानमा हानि पु–याउने उद्देश्य राखेर झूट बोल्ने ।

७.अर्काको कुरा काटेर बस्ने ।

८.धर्मले प्रतिबन्ध लगाएका खानेकुरा खाने वा धर्मविपरीत काम गर्ने ।

९.बालबालिका, महिला वा कुनै कमजोर जीवविरुद्ध हिंसा र असामाजिक कार्य गर्ने ।

१०. ब्राह्मणबाट वा मन्दिरबाट सामान चोर्ने वा गलत तरिकाले हत्याउने ।

११.गुरु, मातापिता वा पूर्वजको अपमान गर्ने ।

१२.रक्सी पिउने अनि दान गरेको कुरा फिर्ता लिने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया