श्रीमानसँग मिलेर यस्तो फिल्म बनाउँदै सन्नी लियोन

प्रकाशित मिति:

काठमाडौं – चर्चित बलिउड अभिनेत्री सन्नी लियोन अब निर्माता पनि बन्ने संकेत देखिएको छ । निलो चलचित्रबाट चर्चा पाएकी उनले निर्माण गर्न लागेको पहिलो फिल्मको सुटिङ सुरु भएको छ । तर उनले फिल्मको नाम खुलाएकी छैनन् । यसै वर्ष फिल्म रिलिज गर्ने भएकाले सन्नी धेरै उत्साहित छन् भन्दै भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

फिल्ममा उनका श्रीमान् ड्यानिअल वेबरले पनि सघाइरहेका छन् । उनले भनेकी छन्, ‘मेरो फिल्ममा सामाजिक सन्देश छैन। यो साइकोलोजीकल थ्रिलर फिल्म हो।’ सन्नीलाई बलिउडमा स्थान बनाउन निकै संघर्ष गर्नु परेको थियो । अब निर्माताका रूपमा पनि निकै संघर्ष गर्नुपर्ने देखिएको छ ।

सन्नीले वस्तविकता दर्शाउँदै भनेकी छन्, ‘बलिउडमा सलमान, आमिर र शाहरुख वा उनीहरूकै स्तरका ठूला फिल्मवालाहरूलाई बाहेक अरूलाई निश्चित बजेटमै खुम्चिनुपर्ने बाध्यता हुन्छ।’ सन्नीले आफूसँग कुनै इगो नरहेको जनाउँदै सुटिङ स्पटमा जरुरी परे अरूलाई चिया बाँड्न पनि तयार रहेको अभिव्यक्ति दिएकी छिन् । एजेन्सी