जगदम्बा स्टिलमा एक मजदुरको मृत्यु

प्रकाशित मिति:

सिमरा – पथलैया-वीरगञ्ज व्यापारिक मार्गअन्तर्गत बाराको सिमरास्थित जगदम्बा स्टिल इण्डस्ट्रिजमा कार्यरत एक मजदुर भएको छ। भारत बिहारको छपरा घर भई हाल सिमरा बस्दै आएका अन्दाजी ३० वर्षीय अमर यादवको बुधबार राति उद्योगभित्रै काम गर्ने शिलशिलामा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जनाए।

‘के कारण मृतयु भएको हो प्रमाणित भएको छैन्। तर, प्रारम्भिक अनुसन्धानले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरेका छौँ’ डिएसपि पुरीले भने। उद्योगको वर्कशपमा काम गर्दै आएका रायको शव विद्युतगृहनजिकै फेला परेको उनले बताए।

‘वर्कशपमा काम गर्ने उनको राति आठ बजे ड्युटी सकिएको रहेछ। अर्को सिफ्टमा काम गर्न जाने मजदुरले शव देखेपछि राति करिब १० बजे हामीलाई खबर गरेका थिए’ पुरीले भने। मृतका यादवको शरीरको बाहिरी भागमा चोटपटकको कुनै निशाना नदेखिएकाले ईलाका प्रहरीका सिमराले जनाएको छ। मृतकको राति नै शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा लगिएको छ। जगदम्बा स्टिल प्रालिले मृतक परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति गरेको छ।