मान्छे कतिसम्म स्वार्थी हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

कार्यार्थी भजते लोकं यावत्कार्य न सिद्ध्यति । 
उत्तीर्णे च परे पारे नौकायां किं प्रयोजनम् ।। – हितोपदेश

जबसम्म आफ्नो काम बन्दैन तबसम्म मान्छेले चाकरी गरिरहन्छ अर्थात् अर्काको प्रशंसा गरिहन्छ । जब काम हुन्छ त्यसपछि काम गरिदिने व्यक्तिको संझनासम्म पनि गर्न सक्दैन । जसरी नौका तरिसकेपछि माझीको कुनै संझना हुँदैन ।

मान्छेको स्वार्थी प्रवृत्तिलाई यहाँ दर्शाउन खोजिएको छ । मान्छे अगाडि मात्र हेरिरहेको हुन्छ पछिको कुरा संझन चाहँदैन । काम नबनुन्जेल प्रशंसा गरिरहने व्यक्ति काम बनिसकेपछि सोध खोज सम्म पनि गर्न कष्ट मान्छ । यो आम मानवीय स्वार्थी प्रवृत्तिको ज्वलन्त उदाहरण हो । जसरी नदी तार्ने माझीलाई नदी पार भएसँगै विर्सिइन्छ । हामी स्वार्थी छौँ । स्वार्थमा मात्र कार्य गर्ने गराउने र सहयोग लिने प्रवृत्ति कदापि राम्रो र उपयुक्त होइन भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –