१० करोडको भवन अलपत्र, ‘मिलीमतोमा आर्थिक अनियमितता’

प्रकाशित मिति:

गोपिकृष्ण रेग्मी/ स्याङ्जा – गण्डकी सामुदायिक अस्पताल करिब १० करोडको लागतमा निर्माणाधिन भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । अस्पताल निर्माण कार्य ६ वर्ष भइसक्दा पनि काम पूरा भएको छैन । अस्पताल सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद पंगेनी र शोभा निमार्ण सेवाका सञ्चालक तथा ठेकेदार याम बहादुर श्रेष्ठको मिलीमतोमा करिब १० करोड लागतमा बन्ने अस्पताल अलपत्र परेको हो ।

स्वास्थ्यको नाममा लाखौ अनियामितता गरेको हुन सक्ने शेयर सदस्यहरुको गुनासो रहेको छ ।अस्पताल सञ्चालक समितिले बैक ग्यारेण्टी नभएको,इन्जिनियर तथा ओभरसियर पनि नभएको ,सुपरभाइजर पनि नराखी भवन निमार्ण गरिएको नाम नबताउने सर्तमा एक शेयर सदस्यले गुनासो गरेका छन । अनुभव विनाको फर्मको नाममा करोडौको भवन निमार्ण कार्य सञ्चालक समितिले काम गर्ने अनुमति दिएर काम नभएको बुझिन्छ ।

भवनको तेस्रो तला ढलाई गरेको २ बर्ष भइसक्दा पनि ढलाईका क्रममा राखिएका फर्मा समेत झिकिएको छैन ।अस्पतालमा काम चलाउ जस्तै गरेर विरामीको उपचार गरिन्छ,तर अस्पताल आफै विरामी भएको प्रस्टै देख्न सकिन्छ । सरोकार समितिका अध्यक्ष समेत रहेका ठेकेदार याम वहादुर श्रेष्ठले २०६८ सालमा सम्झौता गरेको कन्काई नेपाल प्रगती र मिलेनियम जे.भी विचको करिब १२ करोडको चापाकोट निर्दिम र रामपुर १० भुजात जोडने कालीगण्डकीमा बन्ने पुल समेत अलपत्र पारेका छन ।