रुन्धती छात्रवृत्ति प्रतिक्षालाइ प्रदान

प्रकाशित मिति:

बुटवल – स्नातकोत्तर तहका लागि उत्कृष्ट अर्थशास्त्रको विद्यार्थी प्रतिक्षा गौतमलाई रुन्धती छात्रवृत्ति प्रदान गरिएको छ। यसवर्ष बुटवल बहुमुखी क्याम्पसकी छात्रा प्रतिक्षा गौतम छनाेटमा परेकी हुन् ।

याे छात्रवृत्ति वि सं २०५९ मा प्रा.डा.बाबुराम ज्ञवालीले स्थापना गरेका हुन्। हाल सो छात्रवृत्तिको रकम रु ५ हजार रहेको छ ।  उनले आफ्नी आमाको स्मृतिमा सो छात्रवृत्ति वर्षेनी प्रदान गर्दै आएका छन् । आज सरस्वति पुजाको अवसर पारेर एक कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अनन्त पन्थीले प्रमाण पत्र सहित सो छात्रवृत्ति प्रदान गरे ।

कार्यक्रमका विशिष्ट अतिथि क्याम्पस प्रमुख डा.सशिशरण सुवेदी तथा ने.प्रा संङ्घ बुटवल क्यसम्पस एकाईका प्रेम पौडेलले , डा प्रांशु नेपाल लगायतले बाेलेका थिए । छात्रा गौतमले सो छात्रवृत्तिले आफूलाई मेहनतसाथ पढ्न प्रेरित गरेको बताइन् ।