क्रिस गेल प्रिमियर लिग खेल्न नेपाल आउने

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउनुहुने भएको छ । उहाँलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ ।

पोखरा राइनोजले काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी क्रिस गेलसँगको अनुबन्धनबारे जानकारी गराएको हो । वेष्टइन्डिजको प्रतिनिधित्व गर्नुहुँदै विष्फोटक ब्याट्सम्यान क्रिस गेलले १०३ टेष्ट म्याचमा १५ शतक र ३७ अद्र्धशतकसँगै सात हजार २१४ रन बनाउनुभएको छ ।

५८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएका गेलले १४२ को स्ट्राइक रेटमा दुई शतक र १३ अद्र्धशतकसँगै एकहजार ६२७ रन बनाउनुभएको छ । ३०१ अन्तर्राष्ट्रिय एकदिवसीयमा दश हजार ४८० रन बनाउनुभएको छ । टी ट्वान्टी लिगमा उहाँले दुई दर्जन बढी घरेलु लिगमा विभिन्न टोलीको प्रतिनिधित्व गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया