अनेरास्ववियु गुल्मीले रेसुङ्गा क्याम्पसमा लगायो स्ववियु उम्मेद्धारको टुंगो

प्रकाशित मिति:

सबलपोस्ट /गुल्मी – १५ माघ । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटी गुल्मीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि उम्मेद्धारको टुगाें लगाएको छ । संगठनको बुधबार बसेको जिल्ला कमिटीको बैठकले आगामी फागुन १४ गते हुन गइरहेको स्ववियु निर्वाचनमा रेसुङ्गा बहुमुखी क्याम्पसको लागि उम्मेद्धारको टुगों लगाएको हो ।

अनेरास्ववियूले संगठनका जिल्ला सचिवालय सदस्य नविन अर्याललाई सभापति, जिल्ला सदस्य एवम् क्याम्पस कमिटी संयोजक हुमाकान्त पोखरेललाई सचिव तथा जिल्ला सचिवालय सदस्य लक्ष्मी अर्याललाई कोषाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापतिका उम्मेदवार अर्याल २०७३ सालमा सम्पन्न स्ववियुको निर्वाचनमा सचिव तथा कोषाध्यक्षका उम्मेदवार लक्ष्मी सदस्यमा मा निर्वाचित भएकी  थिईन ।

उनीहरुले क्याम्पसको पुस्तकालयमा पुस्तकहरुको व्यवस्था, विद्यार्थीहरुको लागि चिसो–तातो पानीको व्यवस्था, क्याम्पसका तलैपिच्छे शौचालय निर्माण, विभिन्न ठाउँमा शैक्षिक भ्रमण लगायतका विद्यार्थीका पक्षमा लोकप्रिय काम गरेकोले उम्मेदवार बनाउने निर्णय गरिएको संगठनका जिल्ला संयोजक राजेन्द्र विक्रम कुँवरले बताए ।

त्यसैगरि क्याम्पसमा परिक्षा गराएर मात्रै शिक्षक नियुक्ति गर्न पाउने व्यवस्था, क्याम्पसमा जुनसुकै समयमा पनि चिसो–तातो पानीको व्यवस्था, न्यायोचित छात्रवृत्ति वितरण लगायतका एजेण्डामा पनि क्याम्पसमा अनेरास्ववियूले जित हाँसिल गरेको संगठनले जनाएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसमा ०७३ सालमा सम्पन्न स्ववियुको निर्वाचनमा साविकको अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को तालमेलबाट श्रीराम महत सभापतिमा निर्वाचित भएका थिए ।

स्ववियुकै पहलमा क्याम्पस आङ्गिक बनाउने प्रक्रिया अगाडी बढेको, प्रत्येक बर्ष १० प्रतिशत बृद्धि हुने शुल्कलाई कटौति गरेको, क्याम्पसलाई क्विउ, ए.ए. सर्टिफाइड बनाउन अग्रणी भुमिका खेलेको जस्ता विद्यार्थीहरुका पक्षमा महत्वपूर्ण कार्यहरु स्व.वि.यु. ले गरेकोले यसपालि पनि अनेरास्ववियूकै बिजय हुने निस्चित रहेको सभापति महतले बताए ।