नेकपा नगर विभागीय कमिटीको सपथ ग्रहण सम्पन्न

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुटवल-उपमहानगरपालिका अन्तर्गत ३३ वटा विभागीय संगठनको सपथ ग्रहण कार्यक्रम  सम्पन्न  गरिएको छ । नेकपा सचिवालय बुटवलमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा नेकपा प्रदेश ५ का कार्यालय सचिव बलराम अधिकारीले सथप ग्रहण गराएका हुन ।

नेकपा बुटवल उपमाहानगर कमिटिका अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानरपालिका अन्तर्गतका विभिन्न ३३ वटा विभागीय कमिटिको सपथ ग्रहण गराइएको हो ।

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बाट हालै मात्रै राष्ट्रीय सभा सदस्यमा निर्वाचित सदस्य एबम  पुर्व अञ्चल सचिव गोपाल प्रसाद भट्टराईलाई बधाई तथा सम्मान  गरिएको थियो । उनलाई नेकपा नगर कमिटि अध्यक्ष बाबुराम पन्थी, प्रदेश कार्यालय सचिव बलराम अधिकारी, तेजेन्द्र केसी, नारायण खनाल लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टराईले पार्टीको मर्म र भावना विपरित कुनै पनि कार्य नगर्ने प्रतिवद्धता जनाएका थिए । उनले भने–‘पार्टी प्रति वफादार हुँदै जहिले पनि देश र जनताको सेवामा आफ्नो कार्यकाल विताउने छु । ’ संसदिय अभ्यासमा आफ्नो प्रवेश नयाँ भएको भन्दै नेता भट्टराईले पार्टीको निष्ठावान कार्यकर्ता बनेर चिनिने समेत बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया