जिमिरेभार धार्मिक एवम् सास्कृतिक महोत्सव २०७६ हुने

प्रकाशित मिति:

सबल पाेष्ट – आउदो महाशिवरात्री को अवसर पारेर बर्दघाट नगरपालिका वडा नम्बर ७ को आयोजनामा पहिलो जिमिरेभार धार्मिक एवम् सास्कृतिक महोत्सव सन्चालन हुने भएको छ। त्रिनेत्र धाम जाऔ,धार्मिक तथा सास्कृतिक महोत्सवमा रमाउदै भ्रमण बर्ष २०२० भब्य रुपमा सफल पारौ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको मुल आयोजक समितीले बिहीवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष ध्रुब थारु को अध्यक्षता रहेको पत्रकार सम्मेलन मा बोल्दै अध्यक्ष थारुले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै जिमिरेभारमा रहेको धार्मिक आस्था बोकेको त्रिनेत्रधामको प्रचार प्रसार र यस क्षेत्र को समग्र चिनारिका लागि पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले पनि महोत्सव को आयोजना गरिको बताए। महोत्सवका मुख्य आकर्षण का रुपमा विभिन्न जातजाती र समुदायका झाकी हरुको प्रदर्सनि,विभिन्न जातजातीहरुको मौलिकपन झल्किने खालका भेषभुसा,कलाकौशल,खानाका परिकार,स्थानिय कलाकारहरुको नृत्य र गायन प्रस्तुतीहरु रहने छन।यसै गरि विभिन्न भजन मण्डलिहरुको भजन प्रस्तुतीहर,त्यसै गरि खुला पुरुष भलिबल प्रतियोगिता,हाजिरिजवाफ लगायतका बृहत् प्रदर्शनीहरु रहने आयोजकले बताएको छ। सोही अवसरमा बोल्दै बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले त्रिनेत्रधाम र यश क्षेत्रको समग्र चिनारिका लागि फरक किसिमको महोत्सव आयोजना गर्न लागिएकाले यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए।धार्मिक,सास्कृतिक पहिचान सहित सबै धर्म भासा समुदायहरुको अपनत्व हुने गरि महोत्सव आयोजना गर्न लागिएकाले यसले फरक सन्देश प्रवाह गर्दै पर्यटन को सम्भानालाई पनि दरिलो बनाउने बिस्वास ब्यक्त गरे। महोत्सव फाल्गुन ८ गतेदेखी १० गते सम्म सन्चालन हुने बताईएको छ। विभिन्न संघ सस्था,ब्यवसायी र सहयोगी दाताहरुको सहयोगमा महोत्सव सन्चालन गर्न लागिएको जिमिरेभार बजार बिकास समितिका अध्यक्ष नरेन थामा मगरले बताए। महोत्सव सन्चालनको पुर्वतयारी स्वरुप विभिन्न समिती तथा उपसमितीहरु गठन गरि तिब्रताका साथ अघि बढिरहेको आयोजकले जानकारी दिएको छ।महोत्सव त्रिनेत्रधामको प्राङ्गणमा सन्चालन हुने बताईको छ