सुजुकि बाईककाे नयाँ शाखा मुर्गियामा

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल  – सुजुकि माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि अाधिकारिक बिक्रेता भिजि अटाेमाेबाईल्स प्रालिले अाफ्नाे नयाँ शाखा मुर्गियामा संचालनमा ल्याएकाे छ। सैनामैनाका लागि अाधिकारिक बिक्रेता मेगा अटाे ईन्टरनेसनल प्रा.लिले बिक्रि, स्पेयर्स तथा बिक्रि पछिकाे सेवा एकै छाना मुनि संचालन गर्न लागेकाे हाे। अाज बिहान ८:४५ मा साेरुम शुभारम्भ गरिएकाे थियाे। सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रि र भिजि सुजुकि नेपालका बिक्रि प्रमुख रामचन्द्र कंडेलले संयुक्त रुपमा  रिवन काटेर शाखाको शुभारम्भ गर्नु भएकाे थियाे।

मेगा अटाे ईन्टरनेसनल ले सुभारम्भ काे अबसर पारेर प्रत्येक माेटरसाईकल तथा स्कुटर काे खरिदमा नगद छुट, एक बर्ष सम्म काे कर छुट साथेै निशुल्क बिमा काे ब्यबस्था रहेकाे मेगा अटाेका प्रबन्धक संचालक बिजेन्द्र श्रेष्ठले जानकारि दिए। सुजुकि जापानकाे स्थापित ब्रान्ड हाे र यसले ४ पाङ्ग्रे तथा २ पाङ्ग्रे मा समानान्तर लगानी बढाउदै लगेकाे छ।

विश्व बजारमा नामि र ब्रान्ड मा कहलिएकाे कम्पनि भएकाे हुंदा ढुक्क भएर चढ्न सकिने भिजि सुजुकि नेपालका बिक्रि प्रमुख रामचन्द्र कंडेल ले जानकारि दिए साथै ५ बर्ष सम्म काे इन्जिन वारेन्टी रहेकाे हुंदा सुजुकि प्रति सम्पुर्ण ग्राहक हरु बिस्वस्नियता का साथ चढि राखेकाे अनुभव सुनाए। हाल नेपालमा सुजकि का जिक्सर २५०, जिक्सर १५० एफ अाई, जिक्सर डिडि १५०, ईन्ट्रुडर १५०, हयाते बाईक, बर्गम्यान १२५स्कुटर, एक्सेस १२५ स्कुटर, लेट्स स्कुटर हरु उपलब्ध छन।